१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार oo:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाघको आक्रमणबाट सासू–बुहारीको मृत्यु, जंगलमा राति भेटियो शव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार oo:२o:oo

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका– १ को खहरे जंगलमा बाघको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ । 

आइतबार दिउँसो घाँस काट्न गएका सासू–बुहारी घर नफर्किएपछि खोजी गर्दा राति १० बजे मृत अवस्थामा जंगलमा फेला परेका हुन् । घटनास्थलमा अहिले प्रहरी पुगेको छ । 

बाघको आक्रमणबाट अन्दाजी २८–२९ वर्षीया विष्णु पौडेल र अन्दाजी ५८–५९ वर्षीया सासू मनादेवी पौडेलको मृत्यु भएको छ ।

घटनास्थल सडकदेखि करिब एक किलोमिटरभित्र विनयी सामुदायिक वनमा पर्दछ । दुवै शव बाघले शरीरका केही भाग खाएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । 

ad
ad