१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस सिंगापुर
२o८१ बैशाख २० बिहीबार १५:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

सिंगापुरस्थित क्रिप्टो कोषको १.१४ अर्ब डलर जफत गर्न आदेश

Read Time : < 1 मिनेट
रासस, सिंगापुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:२१:oo

आर्थिक रूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फन्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न अदालतले आदेश दिएको छ।

थ्री एरो क्यापिटलले गत वर्ष आर्थिक रूपमा संकटग्रस्त बनेको भन्दै निवेदन दायर गरेको थियो। क्रिप्टो बजारमा मूल्यहरू घट्दै जाँदा यसको सम्पत्तिमा ठूलो कारोबार रोकिएपछि संस्था आर्थिक रूपमा धराशायी बनेको थियो।

बेलायती भर्जिन आइल्यान्डको एक अदालतले सहसंस्थापक सु झु र काइल डेभिस तथा डेभिसकी पत्नी केली चेनविरुद्ध सोमबार उक्त आदेश जारी गरेको कारोबार रकम व्यवस्थापनका लागि जिम्मेवारी तोकिएको टेनेओ नामक संस्थाले जनाएको छ।

आदेशमा भनिएको छ, ‘उनीहरूले आफ्नो सम्पत्ति (स्थानान्तरण वा बिक्रीसहित) १.१४४ अर्ब अमेरिकी डलरबराबरको कारोबार गर्न रोक लगाएका छन्।’

‘यसले थ्री एरोका संस्थापकका विपक्षी र सहयोगीहरूलाई उनीहरूको कानुनी दायित्व र जोखिमबारे स्पष्ट संकेत पनि दिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

आदेशमा डेभिसकी श्रीमतीलाई समावेश गर्नुले ‘लिक्विडेटर’हरूले सम्पत्ति पुनः प्राप्त गर्ने प्रयासको थप विस्तारलाई संकेत गर्दछ।

गत सेप्टेम्बरको अन्त्यतिर सिंगापुरबाट उडान भर्ने क्रममा झुलाई पक्राउ गरिएको थियो। उनी चार महिनादेखि जेलजीवन बिताइरहेका छन्।

डेभिस र उनकी पत्नीको ठेगाना अहिले थाहा छैन। तीनै जना सिंगापुरका नागरिक हुन्। सिंगापुरको मौद्रिक प्राधिकरणले झु र डेभिसलाई नौ–नौ वर्षका लागि देशमा नियमित लगानी गतिविधि सञ्चालन गर्न प्रतिबन्ध लगाएको थियो।

लिक्विडेटर, ब्रिटिस भर्जिन आइल्यान्डको एक अदालतले दिवालियापनको अध्यक्षता गर्न आदेश दिएको छ । थ्री एरोको सम्पत्ति पुनर्प्राप्त गर्न र कम्पनी असफल भएपछि यसको कारोबारलाई फिर्ता ल्याउने प्रयास गरिरहेको छ।

यद्यपि, उसले झु र डेभिसलाई रकम फिर्ता गर्ने प्रयासमा सहयोग नगरेको र स्वेच्छाले जानकारी प्रदान गर्न असफल भएको आरोप लगाएको छ।

ad
ad