Skip This
भ्रष्टाचारी समातिँदा सरकार ढाल्ने फन्डा ल्याउँछन् : मन्त्री गुरुङ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार १९:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भ्रष्टाचारी समातिँदा सरकार ढाल्ने फन्डा ल्याउँछन् : मन्त्री गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १९:o३:oo

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारको पहिलो ध्येय सुशासन रहेको बताएका छन्।

सरकारले भ्रष्टाचारका फाइल खोलेर भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउँदा सरकार ढाल्ने फन्डा रचिने गरेको उनको दाबी छ। व्यवस्थाले अवस्था परिवर्तन नगरेको भन्दै फन्डा रच्नेहरूले सरकार ढाल्ने र व्यवस्था नै उल्टाउने दाबी गरेका मन्त्री गुरुङको भनाइ छ।

ज्वालामुखी गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई सम्बोधन गुरुङले भने, ‘देशमा चलखेल भैरहेको छ। कोही सरकार ढाल्ने दाउमा छन्। देशको व्यवस्था नै ढाल्दिन्छौँ भन्नेहरू पनि छन्। भ्रष्टचारीहरू समातिएर कानुनी कठघरामा पुर्‍याइँदा सरकार ढाल्ने फन्डा रचेका हुन्। तर, सुशासन कायम गर्ने सरकारको पहिलो ध्येय हो।’

राजनीति देश र जनताका लागि गरिने भन्दै उनले व्यवस्थालाई दोष दिनुको साटो नेता आफैँ सुध्रिनुपर्ने औँल्याए।

‘म अहिले आफैँ मन्त्री छु। तर, पनि भने जसरी देश बनाउन सकिएको छैन। यो व्यवस्थाले केही नगरेको भने होइन। विकृति तथा विसंगतिहरू छन्, तर सदियौँदेखिको समस्या समाधान गर्न समय लाग्छ,’ उनले भने, ‘यसो भनिरहँदा देशको व्यवस्थासँगै अवस्थाहरू पनि बदलिएका छन्।’
 

ad
ad