१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिमेन्ट उद्योग बन्द हुँदा पाँच सय मजदुर बेरोजगार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:o७:oo

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुँदा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर बेरोजगार भएका छन्।

आर्थिक मन्दीका कारण देशकै सबैभन्दा ठूलो आर्थिक करिडोरमा सञ्चालित इन्टरनेसनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आरमेसी सिमेन्टले उत्पादन बन्द गरेपछि त्यहाँ कार्यरत मजदुर र कर्मचारी बेरोजगार भएका हुन्।

करिडोरमा सञ्चालित १२ उद्योगमध्ये चारवटा बन्द भएका छन्। बाँकी उद्योग पनि बन्द हुने अवस्थामा पुगेका वीरगन्ज उद्योग बाणिज्य स‌ंघका अध्यक्ष एवं श्री सिमेन्ट उद्योगका सञ्चालक अनिल अग्रवालले जानकारी दिए।

उनले बैंकहरूको बढ्दो ब्याज, पूर्वाधार विकासको निर्माणमा कमी र भएको निर्माण कार्यको भुक्तानी नगरिएका कारण समस्या उत्पन्न भएको हो। सिमेन्टको माग घट्दै गएकाले पनि उद्योग  बन्द भएकाे अध्यक्ष अग्रवालले बताए।

भारतले नेपाली सिमेन्ट उद्योगलाई निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको खरानीमा प्रतिटन रु एक हजार कर लिँदै आएको छ। यसतर्फ सरकारको ध्यान जान आवश्यक भएको उनको भनाइ छ।

नेपाली सिमेन्ट उद्योगले वर्षौँदेखि माग गर्दै आएकोे भारतीय गुणस्तर चिह्न बिआइएस दिलाउन सरकारले पहल गरे नेपाली सिमेन्ट भारत निर्यात गर्न सकिने तथा यसले उद्योगलाई फाइदा पुग्ने उद्योगीहरूको भनाइ छ।

ad
ad