१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १ आइतबार
  • Tuesday, 25 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष १ आइतबार १५:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

युएईबाट रकम पठाउन एनआइसी एसिया बैंक र अल–अन्सारी एक्सचेन्जबीच रणनीतिक साझेदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष १ आइतबार १५:१९:oo

संयुक्त अरब इमिरेट्स (युएई)मा बाट नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एनआइसी एसिया बैंक र अल–अन्सारी एक्सचेन्जबीच रणनीतिक साझेदारी भएको छ।

समझदारीअनुसार अल–अन्सारी एक्सचेन्जका दुई सय ५० भन्दा बढी शाखा कार्यालय तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप)बाट नेपालमा सहज रूपमा रकम पठाउन सकिनेछ ।

साझेदारी कार्यान्वयनमा आएपश्चात् अल–अन्सारी एक्सचेन्जबाट एनआइसी एसिया बैंकका साथै नेपालका जुनसुकै बैंक खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ। भौतिक रूपमा युएईभर तथा वेबसाइट र मोबाइल एपबाट डिजिटल रूपमा दरिलो उपस्थिति रहेको अल–अन्सारी एक्सचेन्जबाट पठाइएको रकम एनआइसी एसियाका तीन सय ६० शाखा कार्यालय, एक सय ११ विस्तारित काउन्टर, ५५ शाखारहित बैंकिङ इकाइ र १६ हजारभन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ।

साथै, एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एप (NIC ASIA MoBank)भित्र रहेको ‘रेमिटेन्स’ आइकनमा ट्याप गरेर ‘रिसिभ रेमिट’भित्र आफूलाई प्राप्त रकम र युनिक पिन विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गरी रेमिट्यान्स रकम सहजै बुझ्न सकिनेछ।

ad
ad
ad
ad