१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
सम्पत्ति शुद्धीकरण विभागमा धरौटी बुझाएर रिहा भएपछि बालकृष्ण खाण । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o५:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सम्पत्ति शुद्धीकरणमा १५ लाख धरौटी बुझाएर  र अख्तियारबाट साधारण तारेखमा छुटे खाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o५:५७:oo

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगी मुद्दाका अभियुक्त बालकृष्ण खाण अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि तारेखमा छुटेका छन् । बिहीबार उच्च अदालत पाटनले उनलाई ३० लाख धरौटी लिएर साधारण तारेखमा छाड्ने आदेश दिएको थियो । 

खाणविरुद्धको मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । ठगीसँगै प्रहरीले उनीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि छानबिन गर्न अख्तियार र विभागलाई लेखेको थियो । त्यसकै आधारमा दुवै निकायले उनीविरुद्ध छानबिन गरिरहेका छन् । उच्च अदालतको फैसलापछि अख्तियारले साधारण तारेख र विभागले १५ लाख धरौटी लिएर खाणलाई छाड्ने निर्णय गरेका छन् । ‘उहाँलाई साधारण तारेखमा छुटाउने निर्णय आयोगले गरेको छ,’ अख्तियारका प्रवक्ता नरहरि घिमिरेले भने । 

विभागका महानिर्देशक पुष्पराज शाहीले खाणलाई १५ लाख धरौटी लिएर तारेखमा छाडिएको बताए । ‘अदालतले कायम गरेको कुल धरौटीको आधा धरौटी कायम गरेर खाणलाई धरौटीमा रिहा गरिएको छ,’ उनले भने । नबिल बैंकको १५ लाख ग्यारेन्टी राखेर उनी छुटेका विभागले जनाएको छ । विभागले खाणलाई आगामी १५ माघमा तारेखमा बोलाएको छ । उच्च अदालतको आदेशबमोजिम खाण शुक्रबार नै जिल्ला अदालत काठमाडौंमा ३० लाख बैंक धरौटी बुझाएर छुटिसकेका छन् । 

ad
ad