१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २९ शुक्रबार
  • Wednesday, 03 July, 2024
२o८o मङ्सिर २९ शुक्रबार १o:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

पर्यटक लोभ्याउँदै महसिकारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २९ शुक्रबार १o:o८:oo

मह सिकार यात्रा साहसिक मानिन्छ । यस यात्राका क्रममा सिकारीहरूले ज्यानकै जोखिम मोल्छन् ।  पर्यटकहरूले पनि प्राकृतिक दृश्यावलोकन र साहसिक पदयात्राको मज्जा लिन पाउँछन् । लमजुङका विकट पहाडहरूमा परापूर्वकालदेखि नै स्थानीय गुरुङ समुदायले मह सिकार गर्ने गरेका छन् । यो उनीहरूको आम्दानीको स्रोत पनि हो । 

पछिल्लो समय मह सिकार हेर्नको स्वदेशी तथा विदेशी साहसिक पर्यटकहरू पनि आउने गरेको घनपोखराका महसिकारी भक्तबहादुर गुरुङले बताए । आङै सिरिंग हुने अग्ला भिर–पहरामा निडरका साथ महसिकारीहरूले मह काढेको दृश्य देख्दा रोमाञ्चक लाग्ने बेँसीसहरकी सरिता थापाले बताइन् । ‘भिरमौरीको सिकार गरेको पहिलोपटक देख्दा अविष्मरणीय र रोचक लाग्यो,’ उनले भनिन् ।

०६३ मा लमजुङको ताघ्रिङस्थित काप्रेभिरमा पर्यटक आकर्षित गर्ने लक्ष्यका साथ ‘हनिहन्टिङ फेस्टिबल’ आयोजना गरिएको थियो । लमजुङको सिउरुङ, पसगाउँ, घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, भुजुङ, नाइचे, दूधपोखरीलगायतका भिरपहरामा भिरमौरी प्रशस्त पाइन्छ । यहाँ प्रत्येक वर्ष वैशाख, कात्तिक र मंसिरमा भिरमौरीको मह सिकार गरिन्छ । 

यी क्षेत्रहरूमा मह सिकार हेर्न साहसिक पर्यटकहरू लालयित भए पनि युवापुस्ताको अभाव भएकाले वृद्धहरूले नै सिकार गर्नुपरेको अनुभव स्थानीय सुनाउँछन् । ‘परापूर्वकालदेखि नै भिरपहरामा पाइने मह सिकार गर्न गाउँले हानाथाप गर्थे । तर, अहिले त्यस्ता मह सिकारी भेट्टाउनै मुस्किल हुन्छ,’ स्यांगेका पर्यटन व्यवसायी बलबहादुर गुरुङले बताए । 

गुरुङ समुदायको परम्परागत पेसा नै रहेको मह सिकारको सीप हस्तान्तरण गर्दै मौरीको संरक्षण गर्नुपर्ने महसिकारी बुद्धिबहादुर गुरुङ बताउँछन् । 

यसरी गरिन्छ मह सिकार 
झन्डै १५ सयदेखि २५ सय मिटरको उचाइका पहरामा भिरमौरीले घार बनाउने गर्छ । भिरमौरीले आफ्नो सुरक्षा हेरेर पहराको बीचमा घार बनाएको हुन्छ । कहीँकतैबाट ठेस नपुग्ने ठाउँमा बनाइएका घारमा सिकार गर्न चोयाको डोरीको सहायता लिनुपर्छ । दुईवटा डोरी बाँधेर ठेल्ना राखिन्छ र भ¥याङजस्तो बनाएर डोरीलाई भिरको सिरानमा रहेको रूखमा बाँधी त्यसबाट सिकारी झुन्डिएर मह काढ्ने गर्छन् ।

भिरमौरीको मह काढ्दा थोरै गल्ती भए ज्यानै पनि जान सक्छ । भिरमह विशेष गरी यौनवद्र्धक, शक्ति र हाडजोर्नी रोगीका लागि औषधिका रूपमा प्रयोग हुने मह सिकार गर्दै आएका मस्र्याङ्दी घनपोखराका भक्तबहादुर गुरुङले बताए । 
 

ad
ad
ad
ad