१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २१ शुक्रबार १४:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मेयर र उपमेयरबीच विवाद : कर्मचारीमाथि दुर्व्यवहार नभएको उपमेयरको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:५५:oo

वीरगन्ज महानगरपालिका कार्यालयमा कार्यकक्षको  विषयलाई लिएर दुई पक्षबीचको विवादमा कर्मचारीलाई गालीगलौज र दुर्व्यवहार नभएको उपमेयरको सचिवालयले दाबी गरेकाे छ। 

नगर उपप्रमुखकाे सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै उपमेयरको सचिवालयलाई कर्मचारीलाई गाली बेइज्जतीको कुरा जोडेर बदनाम बनाउने काम भएको भन्दै खण्डन गरेको हो।

कार्यकक्षकै विषयलाई लिएर मंगलबार नगरप्रमुख राजेशमान सिंह र उपमेयर इम्तियाज आलम पक्षबीच विवादमा कसैलाई गाली–बेइज्जती नभएको विज्ञप्तिमा उल्लेख छ। 

नगर प्रमुख सिंह बस्दै आएको कार्यकक्ष छाडेर भर्खरै बनेको नयाँ कार्यकक्षमा सरेका छन्। नगरप्रमुख सिंहको पुराना कार्यकक्षमा भर्खरै सरुवा भएर जिम्मेवारी सम्हालेका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई सरेका छन्। 

कर्मचारीहरूका अनुसार नगर प्रमुखले तत्कालीन प्रशासकीय अधिकृत बस्दै आएको कार्यकक्षमा खाली भएको कार्यालयमा पञ्जीकरण शाखा राख्न तयारीको विषयमा कुनै सरसल्लाह पनि नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

उपमेयर आलम पक्षका केही व्यक्तिले प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई गालीगलौज गरेको भन्दै कर्मचारी आन्दोलित छन्। कर्मचारी युनियनले महानगरसहित ३२ वडामा कार्यरत कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गर्दै आएका छन्।

ad
ad