१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चार प्रकारका औषधि उत्पादन र बिक्रीमा रोक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:२o:oo

रोक लगाइएका औषधिमा एसिक्लोफेनाक, लिनिग्ल्पिटन, लिनिल्प्टिन एन्ड मेटाफर्मिन र रिभारेक्सोवन हुन्

मधुमेह, दुखाई र ब्लड क्लटमा प्रयोग भइरहेका केही औषधिको प्रभावकारिता नभएको भन्दै उत्पादन र बिक्री–वितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै चार किसिमका औषधि उत्पादन र बिक्री–वितरणमा रोक लगाएको हो ।

विभागमा दर्ता भएका, तर हाल सो औषधिको सुरक्षा, प्रभावकारिता र सहनशीलता (सेफ्टी, इफिसियन्सी र टोलेरेबिलिटी)को हकमा प्राप्त विवरणका आधारमा ती औषधिको प्रभावकारिता राम्रो नभएको भन्दै रोक लगाइएको हो । 

रोक लगाइएका औषधिमा एसिक्लोफेनाक, लिनिग्ल्पिटन, लिनिल्प्टिन एन्ड मेटाफर्मिन र रिभारेक्सोवन छन् । एसिक्लोफेनाक ननस्टेरोइड एन्टिइन्फ्लामेन्टरी समूहको औषधि हो । जुन दुखाई र हड्डीमा हुने पोल्ने कम गर्न प्रयोगमा आएको थियो ।

लिनिग्ल्पिटन डाइट र एक्सरसाइजमा प्रयोग गरिने औषधि हो । तर, यो टाइप २ मधुमेहको समस्या भएका व्यक्तिको ब्लड प्रेसरका लागि समेत प्रयोग गरिन्छ । लिनिल्प्टिन एन्ड मेटाफर्मिन रगतको प्रेसर कम गर्न प्रयोग गरिन्छ । खासगरी टाइप २ मधुमेहका बिरामीमा यो औषधि प्रयोगका लागि चिकित्सकले सिफारिस गर्दै आएका छन् ।

रिभारेक्सोवन नामक औषधि ब्लड क्लट अर्थात् जमेको रगतको उपचारका लागि प्रयोग गरिन्छ । खासगरी स्ट्रोकको समयमा ब्लड क्लटबाट निम्तिने जोखिम कम गर्न रिभारेक्सोवनको सिफारिस गरिन्छ ।

यी औषधिको प्रभावकारितामा समस्या देखिएको भन्दै विभागले औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदासम्मका लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्री–वितरण भइरहेको ब्रान्डसमेत थप उत्पादन नगर्न भनेको हो । 

ad
ad