मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर २६ मंगलबार
  • Tuesday, 18 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २६ मंगलबार १८:११:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘लैंगिक–यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक’ कथासंग्रह विमोचन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २६ मंगलबार १८:११:oo

मितिनी नेपालको आयोजनामा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकको वास्तविक जीवन भोगाइ समेटिएको कथा पुस्तक ‘हाम्रो जीवन, हाम्रा कथाहरूः नेपालका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक’ विमोचन गरिएको छ।

यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक र मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

मितिनी नेपालद्वारा सञ्चालित ज्येष्ठ नागरिक परियोजनाअन्तर्गत कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका गरी १० जना लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकको कथा पुस्तकमा समावेश छ।

पुस्तकमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकका आर्थिक संघर्ष, नागरिकतासम्बन्धी मुद्दा, सरकारी सेवा तथा सुविधामा समुदायका ज्येष्ठ नागरिकको पहुँचको अवस्था, पारिवारिक तथा सामाजिक विभेद, आवासको समस्या, सफलताको कथा, राजनीतिक सहभागिता, सन्तान ग्रहणलगायत वैवाहिक समानता नहुँदा ती समुदायका जोडीले भोग्दै आइरहेका चुनौतीलाई उजागर गरिएको अध्यक्ष घलानले बताए।

घलानले यस समुदायका ज्येष्ठ नागरिक अझै पनि परिवार र समाजबाट विभेद सहन बाध्य भएको र उनीहरूलाई पहिचानसहित समाजले अझै स्वीकार गर्न नसकेको बताए।

नेपालको संविधान २०७२ को धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने उल्लेख गरेको छ। यसैगरी, धारा ४३ ले आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भनी सुनिश्चित गरेको छ।

यद्यपि, संविधानमा भएका यी व्यवस्थाका बाबजुद लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिकले अन्य ज्येष्ठ नागरिकको तुलनामा चुनौतीको सामना गरिरहेका अध्यक्ष घलानले बताए।

पुस्तकमा समावेश १० कथाकार सन् २०२२ मा एलजिबिटिआई ज्येष्ठ नागरिक सल्लाहकार समितिको सहयोगमा १०० जना ज्येष्ठ नागरिकमा गरिएको सर्वेक्षणमा सहभागी भएका ज्येष्ठ नागरिकमध्येबाट छानिएका हुन्।