Skip This
‘न्याय माग्दा प्रहरीले सडकबाटै उठायो, सिंहदरबारमा प्रवेश दिइएन’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २४ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २४ आइतबार १६:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘न्याय माग्दा प्रहरीले सडकबाटै उठायो, सिंहदरबारमा प्रवेश दिइएन’

आरतीका आमाबुबाको गुनासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २४ आइतबार १६:o४:oo

आरती साहकी आमा संसदीय सुनुवाइ समितिमा उपस्थित भएकी छिन्। सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएकी उनी आइतबार समितिमा उपस्थित भएकी हुन्।

समितिमा उपस्थित हुनुअघि प्रहरीले साहका माइती पक्षलाई नियन्त्रणमा लिएको थियो। राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्रममा जाँदा बाटैबाट प्रहरीले नियन्त्रणमा लिएर जावलाखेल हिरासतमा राखेको आरतीकी आमाले गुनासो गरिन्।

समितिमा उजुरी दिएकाले छलफलमा भाग लिनका लागि मात्रै आरतीका माइती पक्षलाई चार प्रहरीको निगरानीमा सिंहदरबारमा प्रवेश दिइएको थियो।

समितिमा छलफल सकिएपछि सचिवालय अगाडि तस्बिर खिचाउन खोज्दासमेत निषेधित क्षेत्र भनेर रोक्न खोजिएको उनीहरुले गुनासो गरेका छन्।

गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका– ९ थापाचोकस्थित आफ्नै घरमा आरती मृत फेला परेकी थिइन्। श्रीमानसहित परिवारका सबै सदस्यले मिलेर हत्या गरेको भन्दै माइती पक्ष निरन्तर धर्नामा छ।