१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आफैँले बोकेको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:३o:oo

पाल्पाको निस्दी गाउँपालिका– ४ मित्याल गाङसिङडाँडाका ४८ वर्षीय डम्मरबहादुर सारूको आफैँले बोकेको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ।

फापर खान बारीमा आएका दुम्सीलाई मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो। गएराति छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार बन्दुकको छर्राले सारूको घुँडामाथि लागेको थियो।

प्रहरीले घटनास्थलबाट एक थान भरुवा बन्दुक र भिर्ने झोला बरामद गरेको छ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ad
ad