१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

इरानद्वारा १३ हजार अफगान आप्रवासी निष्कासित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२४:oo

इरानले १३ हजार दुई सय चारजना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ।

खोरासान रजावीका सीमा सुरक्षा कमान्डर माजिद साेजाईले १३ हजार दुई सय चार ‘अवैध’ अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासन गरिएको बताए।  

खामा प्रेसका अनुसार शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा साेजाईले अवैध आप्रवासीहरूलाई निष्कासन गरिने बताएका छन्। उनले गैरकानुनी रूपमा देश प्रवेश गर्न चाहने वा गैरकानुनी रूपमा यहाँ बसिरहेका अफगान नागरिकहरूलाई पक्राउ गरी निष्कासन गरिने चेतावनी दिए।

पछिल्ला महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रियाले तीव्रता पाएको छ। हालै इरानका आन्तरिक मामिला मन्त्रीले चार लाख अफगानी आप्रवासीलाई देशबाट निष्कासन गरिएको घोषणा गरेका थिए। 

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तका अनुसार इरानमा बसोवास गर्ने जनसंख्याको ६ प्रतिशत अफगानी नागरिक छन्।
 

ad
ad