मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २२ शुक्रबार १७:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम अनुमोदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार १७:३९:oo

पोर्चुगलका लागि प्रस्तावित नेपाली राजदूत सनिल नेपालको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ।संसदीय समितिले उजुरीकर्तासँगको छलफलपछि शुक्रबार नेपालको नाम अनुमोदन गरेको हो।

मन्त्रिपरिषद्ले २३ कात्तिकमा पोर्चुगलको राजदूतमा नेपालको नाम सिफारिस गरेको थियो।

राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशिता, सञ्चारलगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आएका नेपालले कांग्रेसमा संसद्, पार्टी र समाजमा खेल्नुपर्ने भूमिकामा विषयगत विज्ञको रूपमा परामर्श दिने गरेका थिए।

पाल्पामा जन्मेका नेपालले त्रिभुवन विश्वविद्यालयबाटै मानविकी संकायतर्फको अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका छन्। उनी कानुनशास्त्रका समेत विद्यार्थी हुन्।