Skip This
अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच वार्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
२o८o मङ्सिर २२ शुक्रबार १३:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच वार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार १३:५६:oo

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच वार्ता भएको छ।

बिहीबार भएको वार्तामा दुई नेताहरूले गाजा क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमबारे छलफल गरेको बताइएको छ।

राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायताको निरन्तर र दिगो प्रवाहको महत्त्वमा विशेष जोड दिएका थिए।

ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रपतिले नागरिकको सुरक्षा गर्न र नागरिकलाई हमासबाट अलग्गै राख्न महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको विषयमा जोड दिनुभएको छ।’

राष्ट्रपति बाइडेनले प्यालेस्टिनीविरुद्ध गरिएको चरमपन्थी हिंसाका विषय र वेस्ट बैंकमा स्थायित्व बढाउनुपर्ने आवश्यकताबारे जोड दिएको बताइएको छ। दुवै नेता नियमित छलफलमा बस्न सहमत भएका छन्।