१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २२ शुक्रबार १२:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विमानस्थलबाट बरामद सुन सार्वजनिक, दुई-दुई किलोका सात बिस्कुट  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार १२:२o:oo

भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बरामद गरेको सुन सार्वजनिक गरेको छ।

बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियाे। सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन्।

फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट राति ११ः४० बजे विमानस्थल उत्रिएका घलेलाई विमानस्थल भन्सारले सुनसहित पक्राउ गरेको थियाे। 

विमानस्थल भन्सार प्रमुख डा. टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा उक्त परिमाणको सुन बरामद गरेको भन्सार कार्यालयले जनाएकाे छ। भन्सार प्रमुख डा. पाण्डेका अनुसार बरामद सुन दुई–दुई किलोका सातवटा बिस्कुट छन्।