Skip This
नेपाली सेनाको रिक्त रथी पदमा उपरथी अशोक सिग्देल बढुवा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार o९:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नेपाली सेनाको रिक्त रथी पदमा उपरथी अशोक सिग्देल बढुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o९:o४:oo

मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको रिक्त रथी पदमा उपरथी अशोक सिग्देललाई बढुवा गरेको छ । जंगी अड्डाको सिफारिस र रक्षा मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बढुवा गरेको हो । रथी भएसँगै सिग्देल आगामी २४ भदौदेखि नेपाली सेनाको प्रधानसेनापति बन्ने गरी वरीयताको लाइनमा पुगेका छन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सेनामा रथी र उपरथी बढुवाको औपचारिक जानकारी जंगी अड्डामा आइनसकेको जानकारी दिए । तत्कालीन बलाधिकृत रथी सरोजप्रताप राणाले ११ कात्तिकमा अवकाश पाएपछि सेनामा एक रथी पद रिक्त थियो ।

त्यसलगत्तै २९ असोजमा सेनाले वरीयतामा अगाडि रहेका उपरथी ताराध्वज पाण्डेलाई रथीमा सिफारिसका लागि सातदिने सूचना प्रकाशित गरेको थियो । तर, पाण्डेको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक जन्ममिति देखिएपछि जंगी अड्डाले पुनः छानबिन गरेपछि पाण्डेले २४ कात्तिकमा राजीनामा दिएका थिए ।

त्यही मितिबाट लागू हुने गरी मन्त्रिपरिषद्ले ७ मंसिरमा उनको राजीनामा स्वीकृत गरिसकेको छ । त्यसपछि सिग्देललाई सेनाले वरीयताका आधारमा बढुवाको सिफारिससम्बन्धी सूचना प्रकाशित गरेको थियो ।

उनीविरुद्ध जंगी अड्डाको बढुवा समितिमा उजुरी नपरेपछि जंगी अड्डाले रक्षामा सिफारिस गरेको थियो । यही पृष्ठभूमिका आधारमा रक्षाको प्रस्तावमा मन्त्रिपरिषद्ले सिग्देललाई बढुवा गरेको हो । सिग्देल २५ बेसिकका सैनिक अधिकृत हुन् । 

ad
ad