Skip This
एस्टन भिल्ला तेस्रो स्थानमा उक्लियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर २२ शुक्रबार o६:३४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एस्टन भिल्ला तेस्रो स्थानमा उक्लियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार o६:३४:oo

इंग्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीलाई १–० ले स्तब्ध पार्दै एस्टन भिल्ला अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । भिल्लाको जितमा एक मात्र निर्णायक गोल लियोन बेलीले गरेका थिए ।

उनले खेलको ७४औँ मिनेटमा टियलिमेन्सको पासमा गोल गरेका हुन् । भिल्लाले १५ खेलबाट ३२ अंक जोडेको छ । लगातार तीनपटकको लिग च्याम्पियन सिटी ३० अंकसहित चौथो स्थानमा रह्यो । लिगमा आर्सनल शीर्ष र लिभरपुल दोस्रो स्थानमा छ । 

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि २–१ को रोमाञ्चक जित निकालेको छ । युनाइटेडको जितमा स्कट मिकटोमिनेले दुई गोल गरेका थिए । उनले खेलको १९औँ मिनेटमा युनाइटेडलाई १–० को अग्रता दिलाए । खेलको ४५औँ मिनेटमा चेल्सीले १–१ को बराबरी गोल फर्काएको थियो ।

चेल्सीका लागि कोल पाल्मरले गोल फर्काएका हुन् । खेलको ६९औँ मिनेटमा स्कटले युनाइेटडलाई २–१ को अग्रता दिलाए । मध्यान्तरपछि चेल्सीले खासै राम्रो मुभ बनाउन सकेन । जितसँगै युनाइटेड १५ खेलबाट २७ अंक बटुल्दै अंकतालिकाको छैटौँ स्थानमा छ । चेल्सी १९ अंकसहित दशौँ स्थानमा छ ।