Skip This
लालुपाते सहकारीको साढे चार करोड ठगी प्रकरण : क्याप्टेन जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर २१ बिहीबार २३:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लालुपाते सहकारीको साढे चार करोड ठगी प्रकरण : क्याप्टेन जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार २३:२७:oo

खोटाङमा रहेको लालुपाते बहुउद्देश्यीय सहकारीको निक्षेप ठगी प्रकरणमा सौर्य एयरलाइन्सका क्याप्टेन सुनील जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

खोटाङ जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु गिरीको एकल इजलासले सहकारीका तत्कालीन अध्यक्ष (मृतक) अनिल जोशीका सहोदर भाइ क्याप्टेन सुनील, सुनीलकी श्रीमती रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र ऋणी जसुदा पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै उनीहरू बिहीबार कारागार चलान भएका हुन् । 

तत्कालीन प्रबन्धक जोशीले तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा बचतकर्ताको रकम अपलचन गरेको अदालतले दिएको थुनछेक आदेशमा उल्लेख छ । सुनील र सुनीलकी श्रीमती रविना गत १३ असोजमा काठमाडौंस्थित आफ्नै घरैबाट पक्राउ परेका थिए ।


सौर्य एयरलाइन्सका क्याप्टेन सुनील जोशी

उनीहरूमध्ये सुनीलले सहकारीको रकममा खरिद गरिएको जग्गा आफ्ना नाममा पास गरेको तथा रविनाले दुई करोड ३५ लाख बचतकर्ताको रकम अपचलन गरेको अदालतको ठहर छ । प्रबन्धक रुकु सञ्चालक समितिको जाहेरीका आधारमा १७ असोजमा काठमाडौंबाट पक्राउ परेकी थिइन् । 

तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको, तर फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदालाई प्रहरीले १५ कात्तिकमा चितवनबाट पक्राउ गरेको थियो । 

चारजना धरौटीमा रिहा
सहकारीका लेखा समिति संयोजक प्रीतम श्रेष्ठ र कोषाध्यक्ष रमा शाक्य १०–१० लाख तथा उपाध्यक्ष अर्जुन चौलागाईं र सचिव मनोज राई पाँच–पाँच लाख धरौटीमा रिहा भएका छन् । लेखापाल सुमना राईलाई अदालतबाट दश लाख धरौटी तोकिए पनि बुझाउन नसक्दा कारागार चलान भएको प्रहरीले जनाएको छ । 

बचतकर्ताको लगानी डुबाएको भन्दै जाहेरी परेपछि सहकारीको सञ्चालक समितिका उपाध्यक्ष चौलागाईं, सचिव राई, कोषाध्यक्ष शाक्य, लेखा समिति संयोजक श्रेष्ठ र लेखापाल राईलाई प्रहरीले १२ कात्तिकमा पक्राउ गरेको थियो । 

बचतकर्ताको रकम ठगी प्रकरणमा सञ्चालक समितिका पदाधिकारी, ऋणी र तत्कालीन अध्यक्ष जोशीका परिवारका सदस्य गरी ३५ जना प्रतिवादी रहेको स्रेस्तेदार सीताराम खड्काले जानकारी दिए । 

बचतकर्ता पदमकुमारी सैंजूसमेत दुई सय ६५ जनाको जाहेरीमा सरकारी वकिलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम चार करोड ४० लाख ६१ हजार १८ बिगो मागदाबीसहित अभियोगपत्र अदालतमा दर्ता गरिएको थियो । खड्काका अनुसार प्रतिवादीमध्ये २६ जना फरार सूचीमा छन् ।