मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Friday, 14 August, 2026
फाइल तस्बिर
२o८o मङ्सिर २१ बिहीबार १४:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १४:१o:oo

सरकारले एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको सेयर खरिद–बिक्रीको विषयमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। 

समितिका सदस्यहरूमा नेपाल सरकारका तर्फबाट फणिन्द्र गौतम, अर्थ मन्त्रालयबाट रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाका अध्यक्ष सुजनकुमार काफ्ले रहनेछन्।

समितिलाई यस विषयमा अध्ययन तथा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ।