Skip This
मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ पसल राख्न नपाइने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर २१ बिहीबार o७:४२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ पसल राख्न नपाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार o७:४२:oo

ओहोरदोहोरमा सास्ती भएको भन्दै ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ व्यवसाय निषेध गर्ने भएको छ । २४ मंसिरदेखि लागू हुने गरी सो रुटमा फुटपाथ पसल हटाउन लागिएको हो । 

यो सडक पाटन दरबार क्षेत्र ओहोरदोहोर गर्ने मुख्य बाटो पनि हो । फुटपाथ तथा अन्य व्यापार–व्यवसायका कारण ओहोरदोहोरमा सास्ती हुने गरेको छ । फुटपाथ पसलले सडक नै छेक्ने गरी अवरोध गरेका कारण निषेध गर्न लागिएको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेँथूले जानकारी दिए ।

‘यो क्षेत्रमा बटुवा, सवारीसाधनको भिडभाड हुन्छ, अझ त्यसमाथि फुटपाथ पसल थाप्दा अस्तव्यस्त देखिन्छ,’ उनले भने, ‘पाटन दरबार क्षेत्र प्रवेश गर्ने सडक व्यवस्थित बनाउन खोजेका हौँ ।’ उनका अनुसार हाल सो क्षेत्रमा दुई सय ४० वटा फुटपाथ पसल छन् ।

कतिपयले सो क्षेत्रमा रहेको फुटपाथमा पसल थाप्न ठाउँ दिँदा पैसा पनि लिएको भेटिएको नगर प्रहरी प्रमुख हाछेँथुले बताए । सटरमा व्यापार गर्दै आएकाहरूले अगाडिको फुटपाथ भाडामा लगाएको समेत खुलेको छ । सोही कारण पनि फुटपाथ पसल तत्काल हटाउन लागिएको उनको भनाइ छ । तर, सो क्षेत्रमा बिहान ८ बजेसम्म फलफूल तथा तरकारी पसल थाप्न भने दिइनेछ ।