Skip This
सोती हत्याकाण्डमा २४ जनालाई जन्मकैद, आठले पाए सफाइ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Saturday, 27 July, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८o मङ्सिर १९ मंगलबार १९:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सोती हत्याकाण्डमा २४ जनालाई जन्मकैद, आठले पाए सफाइ

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार १९:o९:oo

रुकुम पश्चिममा ६ जनाको हत्या हुने गरी साढे तीन वर्षअघि भएको घटनाका दोषीलाई जन्मकैदनको सजाय भएको छ । आठजनाले सफाइ पाएका छन् । 

तीन दिनको निरन्तर सुनुवाइपछि जिल्ला अदालत रुकुम पश्चिमले आज फैसला सुनाएको हो । 

जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले पुर्पक्षका लागि हाल कारागारमा रहेका २३ जना र अभिभावकको जिम्मा लगाइएका एक नाबालकसहित २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो । 

कर्तव्य ज्यानमा जन्मकैद सुनाइएका उनीहरूलाई जातीय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवानासमेत सुनाइएको जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले नयाँ पत्रिकालाई जानकारी दिए । 

नाबालिकासहित दुईजनालाई जातीय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना गरिएको कोइरालाले बताए । उनका अनुसार आठजनाले सफाइ पाएका छन् । 

जन्मकैदको सजाय पाउनेमा चौरजहारी नगरपालिका वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल छन् । 

यस्तै, सर्वजित भनिने सविन पुन, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) १, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) ३, तिलक चन्द र इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरीलाई पनि जन्मकैदको सजाय भएको सूचना अधिकारी कोइरालाले जानकारी दिए ।

उनका अनुसार लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्ती मगर (जि.एम.), विराज पुनमगर, भीमबहादुर पुन, रमित पुनमगर, विष्णु मल्ल र परिवर्तित नाम ५४ रुकुम पश्चिम (३९) लाई पनि जन्मकैद सजाय फैसला भएको छ । 

२३ जना कारागारमै रहेका छन भने परिवर्तित नाम ५४ रुकुम पश्चिम ३९ लाई अभिभावकको संरक्षणमा छाडिएको थियो । परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) २ र परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) लाई जातीय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना गरिएको कोइरालाले जानकारी दिए । 

यसै घटनाका प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर बुढा, तुलबहादुर मल्ल र दीपेन्द्र चन्दले सफाइ पाएका छन् । 

गत १० जेठ ०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा अकल्पनीय हत्याकाण्ड भएको थियो । 

आफूभन्दा कथित ‘माथिल्लो’ जातकी युवतीसँग प्रेम गरेको भन्दै जाजरकोटका नवराज विक र उनका पाँचजना साथीलाई लखेटी–लखेटी हत्या गरिएको थियो । कतिपयलाई जिउँदै हातखुट्टा बाँधेर भेरी नदीमा फालिएको थियो ।