Skip This
मनाङमा वर्षासँगै हिमपात
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Friday, 26 July, 2024
२o८o मङ्सिर १९ मंगलबार १o:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङमा वर्षासँगै हिमपात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार १o:३२:oo

हिमाली जिल्ला मनाङमा वर्षासँगै हिमपात भएको छ । गत वर्ष असोज अन्तिममा  हिमपात भएको थियो । जिल्लाको माथिल्लो र तल्लो क्षेत्र चामेमा पनि वर्षासँगै हिमपात भएको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए ।

हिमपात सुरु भएपछि स्थानीयवासीमा खुसियाली छाएको छ । समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने स्थानीय बताउँछन् । हिमाली जिल्ला मनाङमा यो वर्षकै पहिलो हिमपात भएको हो ।

सोमबार बिहानैदेखि मनाङमा हिमपात भएको हो । विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो, यस वर्ष समयमा नै हिमपात सुरु भएको छ । 

स्थानीय याङडुङ गुरुङले समयमा हिमपात हुँदा किसान खुसी भएको बताए  । ‘हिमपात नहुँदा पानीको अभावले उत्पादन कम हुन्छ, यहाँ हिउँकै भरमा खेतीपाती हुने भएकाले अहिले सुरुवात भएको छ, यसले किसानलाई फाइदा हुन्छ,’ उनले भने । हिमपात भएपछि याक, चौँरीलाई घाँस पनि राम्रोसँग पलाउने गुरुङले बताए ।

समयमै हिमपात भएपछि जमिनको तल्लो सतहसम्म पानीले भिज्ने र उत्पादन राम्रो हुने गुरुङले बताए । पहिले–पहिलेको तुलनामा अहिले हिमपात कम हुने गरेको छ।