Skip This
महानगरका कर्मचारीलाई सिपिआरको प्रयोगात्मक कक्षा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १९ मंगलबार o७:५५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महानगरका कर्मचारीलाई सिपिआरको प्रयोगात्मक कक्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार o७:५५:oo

काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले कार्डिपल्मोनरी रिस्सिटेसन (सिपिआर)को आधारभूत तालिम लिएका छन् । विपत् क्षति न्यूनीकरणका लागि पूर्वतयारी, विपत्का समयको प्रतिकार्य र त्यसपछिको पुनर्स्थापनामा वडाले निर्वाह गर्नुपर्ने भूमिका, यसका लागि जान्नुपर्ने आधारभूत ज्ञान र व्यवस्थापनका लागि हुनैपर्ने सीप विकासका लागि सिपिआर तालिम दिइएको हो ।

तीनदिने तालिम (१५, १६ र १७ मंसिर)को अन्तिम दिन यसको प्रयोगात्मक अभ्यास गरिएको हो । विपत् व्यवस्थापन विभागले आयोजना गरेको तालिममा वडासचिव, इन्जिनियर र विपत्का समयमा सक्रिय हुनुपर्ने विभागहरू (प्रशासन, लेखा)का अधिकारीहरू सहभागी थिए ।

सिपिआर जीवनको अन्तिम अवस्थामा पुगेका व्यक्तिको फोक्सो र मुटुको गतिलाई पुनर्स्थापना गर्ने प्रक्रिया हो । व्यक्ति जुनसुकै समयमा पनि यो अवस्थामा पुग्न सक्छ । त्यसवेला स्वास्थ्यकर्मी नहुन सक्छन् । यस अवस्थामा सिपिआर बुझेका व्यक्तिले सिपिआर गरेर अवस्थालाई सामान्य बनाउने प्रयास गर्न सक्छन् ।