मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Wednesday, 02 September, 2026
२o८o मङ्सिर १८ सोमबार १६:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओलीलाई राउटेले दिए ‘कोसी’ उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार १६:४८:oo

नेकपा एमालेका अध्यक्ष केपी ओली लोपोन्मुख राउटे बस्तीमा पुगेका छन्।

अध्यक्ष ओली सोमबार दैलेखको गुराँस गाउँपालिका बस्दै आएका राउटे बस्तीमा पुगेका हुन्। राउटे बस्तीमा पुगेका अध्यक्ष ओलीलाई राउटेका मुखिया सूर्यप्रकाश शाहीले ‘कोसी’ उपहार दिएका छन्।

बैतडीको झुलाघाटबाट सुरु भएको ‘झुलाघाट–चिवाभन्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेखको गुराँस गाउँपालिका आएका ओलीलाई राउटेका मुखियाले कोसी उपहार दिएका हुन्।

‘कोसी’ विशेषतः दही, मही, अचार राख्ने, पिठो मुछ्ने आदि काममा प्रयोग गरिन्छ। यो काठबाट बनाइन्छ।

सो क्रममा अध्यक्ष ओलीले एमाले राउटे समुदायको अस्तित्व बचाउँदै जीविकोपार्जन सहज गर्न, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्‍याउन नीतिगत र कार्यक्रमका हिसाबले सहयोग गर्न तयार रहेको बताएका छन्।