Skip This
कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १७ आइतबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १७ आइतबार o६:१३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १७ आइतबार o६:१३:oo

कांग्रेस थप स्थापित र बलियो हुने देउवाको विश्वास

प्रथम प्रदेश अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा

कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनीबाट कांग्रेस थप स्थापित र बलियो हुने विश्वास व्यक्त गरेका छन् । पार्टी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै उनले गौतम बुद्धको जन्मभूमि रहेको प्रदेश पार्टी सम्मेलनको सफलताको शुभकामना पनि दिए । 

बुद्धिजमप्रति आकर्षण संसारभर बढेको भन्दै उनले बुद्धको भूमिबाट कांग्रेस थप स्थापित र बलियो हुने विश्वास व्यक्त गरेका हुन् । आफूले कम बोल्ने र काम बढी गर्न खोजेको देउवाको भनाइ छ । ‘कम बोल्ने र काम बढी गर्न खोजेको छु, हेरौँ के हुन्छ । भाषणभन्दा बढी काम गर्नेछु,’ उनले भने । 

नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन नभएको, भ्रष्टाचार बढेको भन्दै राज्य सञ्चालन गर्नेमा पारदर्शितासमेत नभएको बताए । भ्रष्टाचार निर्मूल र दण्डहीनताको अन्त्य नभएसम्म मुलुक बन्न नसक्ने धारणा राख्दै उनले भ्रष्टाचार निर्मूल र दण्डहीनताको अन्त्य नभएसम्म विश्राम लिन नहुनेमा पनि जोड दिए ।

नेता कोइरालाले समयमै महाधिवेशन गरी एक ढिक्का भएर अगाडि बढेमा कांग्रेसले कसैको सहाराविनै चुनाव जित्ने दाबी पनि गरे । उनले अब वडादेखि केन्द्रसम्मका चुनाव कांग्रेस एक्लै लड्नुपर्नेसमेत बताए । 

कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकमा छाएको निराशा र आक्रोशबाट बाहिर निकाल्ने काम कांग्रेसको भएको बताए । कांग्रेस छ भन्ने भरोसा दिलाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । शीर्ष नेताहरूले त्याग गर्नुपर्ने धारणा पनि उनले राखे । त्यस्तै, ०८४ आउँछ, जान्छ त्यसमा कुनै चिन्ता नभएको भन्दै उनले जनतालाई निराशाबाट मुक्त गर्न सके ०८४ कांग्रेसको पक्षमा आउने विश्वास व्यक्त गरे ।  

महामन्त्री थापाले भ्रष्टाचारका विषयमा जनता बढी रिसाएको भन्दै भ्रष्टाचार नियन्त्रण गर्न भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रहरूलाई प्रभावकारी र स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने गरी लैजानुपर्ने आवश्यकतामा जोड दिए । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई गतिशील र बलियो बनाउन लागिपर्नुपर्नेमा जोड दिए । उनले मिसन ०८४ को कुरा गर्नेलाई शुभकामना दिँदै कांग्रेस मिसन ०८४ मा नरहेको बताए । ठीक समयमा चुनाव गराउन जुटौँला, तर अहिले मुलुक बनाउन जुटौँ । अहिलेका समस्या भत्किएका–बिग्रिएका विषयमा कांग्रेस बोल्छ, र रूपान्तरणमा लागिपर्छ भन्दै उनले नागरिकसँग टुट्दै गएको विश्वास जोड्दै कांग्रेस अगाडि बढ्ने बताए । 

दुइ दिनसम्म चल्ने सम्मेलनमा प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहने छ । सम्मेलनमा जिल्ला सम्मेलन सम्पन्न भएका १०  जिल्लाहरूबाट आएका प्रतिवेदनदेखि प्रदेशले हालसम्म काम गर्दा आएका विषय वस्तुहरू देखि  संघीयता कार्यान्वय तथा विभिन्न विषयमा छलफल हुने प्रदेश सभापति पुनले बताएका छन्  ।