१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार २o:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डोटी पुगेर एमाले अध्यक्ष ओलीले प्रश्न गरे- वर्तमान सरकार कसको नीतिमा चलेको छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:१३:oo

एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकार भ्रष्टाचार गर्ने अराजकतालाई नजानिँदो तरिकाले संरक्षण गर्ने नीतिमा चलेको आरोप लगाएका छन् । 

एमालेले बिहीबारबाट सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ को दोस्रो दिन शुक्रबार डोटीको सिलगढीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

सरकार कसको नीतिमा चलेको छ ? भन्ने प्रश्न गर्दै उनले भने, ‘माओवादीले कांग्रेस बोकेर क्रान्ति गर्ने, ढकिया बोकेर क्रान्ति गर्ने अनि माओवादीलाई काँधमा बोकेर कांग्रेसले लोकतन्त्र ल्याउने ? खोइ उहाँहरूको नीति ? कसको नीतिमा चल्दै छ अहिलेको सरकार ? प्रचण्डको नीतिमा कि शेरबहादुरको नीतिमा, कि माधवको नीतिमा ?’ 

पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सरकार धेरै दिनसम्म नचल्ने दाबी पनि गरे । ‘यो सरकार त आफैँ मक्किएको सरकार हो । धोद्रा परेको सरकार हो,’ ओलीले भने, ‘यो सरकार आफैँ चल्नेवाला छैन । टिक्नेवाला छैन । त्यसपछि हामी बन्दोबस्त गर्नेछौँ ।’ 

अध्यक्ष ओलीले पार्टी सिध्याउन विभिन्न षड्यन्त्र भएको भन्दै एकताबद्ध भएर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए । उनले विगतमा पार्टी सिध्याउन अनेक षड्यन्त्र भएको जिकिर पनि गरे । 

‘प्रचण्ड षड्यन्त्र भए, माकुने षड्यन्त्र भए, अरू षड्यन्त्रहरू भए, तर ती सबै षड्यन्त्रहरूलाई पराजित गरेर पार्टी जोगाउनुभएको छ,’ कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘फेरि पार्टी पहिलेकै ठाउँमा आएको छ । देशी–विदेशी शक्ति लागेर अनेक षड्यन्त्रको चक्रब्युह रचेर सिद्ध्याउन खोज्दा पार्टी सिद्धिएन । म तपाईंलाई धन्यवाद दिन चाहन्छु ।’

ad
ad