१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Monday, 15 July, 2024
मरवान बिसारा
२o८o मङ्सिर १५ शुक्रबार १o:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अवसानको बाटोमा इजरायल

Read Time : > 2 मिनेट
मरवान बिसारा
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार १o:२९:oo

आपराधिक नीतिको पराकाष्ठा झल्काउने गरी गाजामा इजरायलको क्रूर एवं निरन्तरको हमला अन्ततः आत्मघाती साबित हुनेछ र यसले शक्तिशाली ‘यहुदी राज्य’को पतनमा योगदान पुर्‍याउनेछ । वास्तवमा इजरायलले ‘आत्मरक्षा’का नाममा प्यालेस्टिनी जनताको नियतवश औद्योगिक स्तरमा गरेको हत्याले उसको सुरक्षा बढाउँदैन वा भविष्य सुरक्षित गर्दैन । बरु यसले असुरक्षा बढाउनेछ, अस्थिरतालाई प्रोत्साहन गर्नेछ, इजरायललाई अलग्याउनेछ र सम्पूर्ण क्षेत्रलाई द्वन्द्वग्रस्त बनाएर इजरायलको दीर्घकालीन अस्तित्वलाई नै खतरामा पार्नेछ । मलाई इजरायलले आफ्नो औपनिवेशिक शासन नत्यागी पश्चिम एसियामा आफ्नो भविष्य सुरक्षित पार्छ जस्तो लाग्दैन ।

सन् १९९० ताका इजरायलले केही समयका लागि (अमेरिकी हालिमुहालीमै) भए पनि सहअस्तित्वका लागि प्यालेस्टिनी र अरब राज्यसँगको ‘शान्ति प्रक्रिया’मार्फत सामान्यतातर्फ जाने निर्णय लिएको देखिन्थ्यो । तर, इजरायलको औपनिवेशिक प्रकृति हाबी रह्यो । तसर्थ, इजरायलले आफूले गरेको कब्जा एवं अतिक्रमण समाप्त गर्न र आफ्ना छिमेकीसँग शान्तिपूर्ण रूपमा सहअस्तित्वमा बस्ने असंख्य अवसर गुमायो ।

इजरायली कूटनीतिज्ञ अब्बा इबानको कुख्यात ठट्टालाई दोहोर्‍याउने हो भने इजरायलले ‘अवसर गुमाउने कुनै अवसर गुमाएको छैन ।’ आफ्नो अतिक्रमण–कब्जा समाप्त गर्नुको साटो इजरायलले प्यालेस्टिनी क्षेत्रमा औपनिवेशिकता थप बढायो । अवैध बस्ती विस्तार गरिए, पूर्वाधार एवं संरचना निर्माण गरियो र प्यालेस्टिनीलाई बेवास्ता गर्ने यहुदीलाई समर्थन गर्ने दोहोरो प्रणाली स्थापना गरियो । दक्षिण अफ्रिकामा एक ‘अपर्थाइड’ (राज्यस्तरबाट लागू गरिने नश्लभेद) भएसँगै प्यालेस्टाइनमा अर्को अपर्थाइड खडा गरियो ।  

गाजामा इजरायलको क्रूर एवं निरन्तरको हमला अन्ततः आत्मघाती हुनेछ र यसले शक्तिशाली ‘यहुदी राज्य’को पतनमा योगदान पुर्‍याउनेछ

अशान्ति र औपनिवेशिकताको छायामा रहेको मुलुक फासीवादतर्फ ढल्किन थाल्यो र जोर्डन नदीदेखि भूमध्यसागर समेट्ने ऐतिहासिक प्यालेस्टाइनमा यहुदी सर्वोच्चता स्थापना गरियो । समयक्रममा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नेतृत्वमा उग्र–दक्षिणपन्थी पार्टीले सत्ताकब्जा गरे, इजरायलका संस्थालाई कमजोर पारे र दुईथरी जनताको सहअस्तित्वमा आधारित शान्तिका सबै सम्भावनालाई मेटाइदिए । यिनले सबै सम्झौताको सम्भावना अस्वीकार गरे र वेस्ट बैंकमा रहेका प्यालेस्टिनी धपाएर अवैध यहुदी बस्ती विस्तार गरेर ऐतिहासिक प्यालेस्टाइनलाई निल्न थाले । यिनले विश्वको सबैभन्दा ठूलो खुला जेल गाजापट्टीको घेराबन्दीलाई पनि कडा पारे र यो क्षेत्र सार्वभौम प्यालेस्टाइन राज्यको बाँकी भूमिसँग जोडिएको छ भन्ने तथ्यलाई इन्कार गरे । 

त्यसपछि आयो ७ अक्टोबरको हमला अर्थात् एक रुखो प्रतिक्रिया । यो प्रतिक्रियाले २० लाख मानिसलाई खुला जेलमा थुन्ने इजरायलको औपनिवेशिक उद्यम न सम्भव छ, न दिगो छ भन्ने देखायो । यो रुखो प्रतिक्रियाले प्यालेस्टिनी द्वन्द्वको मूल कारकका रूपमा रहेको बेदखली, अतिक्रमण र कब्जालाई सम्बोधन नगरी द्वन्द्व समाप्त नहुने देखायो । तत्पश्चात नेतन्याहु सत्ताले आफ्नो असली रूपलाई यथावत् राख्दै रुखो प्रतिक्रियाले निम्त्याएको त्रासदीलाई युद्धघोषका रूपमा फैलाउँदै प्यालेस्टिनीमाथिको नश्लभेदी अमानवीकरणलाई चुल्याए । अर्थात्, नरसंहारकारी युद्ध मच्चाए । नेतन्याहु सत्ताले ‘राक्षस’विरुद्ध युद्ध छेडे, जसमा हमास मात्रै नभई गाजाका आमजनता पनि परे । इजरायलका राष्ट्रपतिदेखि लिएर कैयौँ नेताले सबै प्यालेस्टिनीमाथि हमला हुनुपर्छ भन्ने आशय व्यक्त गरे, अर्थात् गाजा क्षेत्रमा कोही पनि निर्दोष मानिस भएनन् ।

त्यसयता अमेरिका एवं पश्चिमी सहयोगीको समर्थनमा इजरायल मानव सभ्यता र अन्तर्राष्ट्रिय कानुनको बेवास्ता गर्दै प्रतिशोधी र विस्तारवादी बन्यो । अस्पताल, विद्यालय, मस्जिद, आवासीय भवनलगायत नागरिक संरचना इजरायलको औपनिवेशिक युद्धको तारो बन्यो ।

हजारौँ प्यालेस्टिनी नागरिकलाई युद्धका विपक्षी सेनाका रूपमा व्यवहार गरियो, अर्थात् बालबालिका, डाक्टर, शिक्षक, पत्रकार र सबै उमेरका मानिसको हत्या गरियो । तर, यो विदेशी अतिक्रमणकारी इजरायल यस क्षेत्रका आदिवासीमाझ टिक्न सक्नेछैन, किनभने उसको यो रक्तपातयुक्त आक्रमणले यस क्षेत्रका आदिवासीलाई अभूतपूर्व ढंगले एकताबद्ध गरेको छ । इजरायल अब आफ्नो हिंसात्मक नश्लभेदी अभ्यासलाई जायज ठहर्‍याउन काल्पनिक धर्मशास्त्रीय दाबी पनि गर्न सक्नेछैन । ईश्वरले बालबालिकाको हत्या गर्ने अनुमति दिनै सक्दैन । त्यसैगरी, इजरायलका अमेरिकी र पश्चिमा अभिभावकले पनि यस्ता हत्याको अनुमति दिनु हुँदैन ।

जसै पश्चिमा सार्वजनिक मत इजरायलविरुद्ध जान्छ, यी मुलुकका नेता नैतिकताका लागि नभए पनि बृहत् पश्चिम एसियामा स्वार्थ रक्षा गर्न आफ्नो अडान परिवर्तन गर्नेछन् । फ्रान्सको अडानमा भएको थोरबहुत परिवर्तन अर्थात् इजरायललाई गाजाका बालबालिकाको हत्या रोक्न माग गर्नु यसको संकेत हो । यो खराब युद्ध समाप्त भएपछि इजरायलसँग कुनै असल विकल्प छैन । मौजुदा अव्यावहारिकताको बाबजुद अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई–राज्य समाधानको दृष्टिकोणलाई अँगाल्ने र गाजाका लागि अमेरिकाले कोरेको रातो रेखा अर्थात् पुनर्कब्जा, जातीय सफाया र भूमि संकुचनलाई अस्वीकार गर्ने सुझाब महत्वपूर्ण छन् । तर, नेतन्याहु र उनको गठबन्धनले अमेरिकाको सल्लाहलाई बेवास्ता गर्दै फेरि दुवै पक्षलाई खतरामा पारेको छ ।

गाजायुद्ध हुनुभन्दा धेरै अघि इजरायली पत्रकार एरी साविट र आन्तरिक सुरक्षा निकाय सिन बेटका पूर्वप्रमुख अमी आयलोनले यदि इजरायलले उपनिवेशलाई विस्तार गर्दै विनाशकारी मार्ग पछ्याउँछ भने इजरायलको अन्त्य हुने आकलन गरेका थिए । यी दुवैजनाको पुस्तक निरन्तर अतिक्रमण भए इजरायलको भविष्य अन्धकारमय हुने चेतावनी दिइएको छ । सबै हिंसात्मक अतिक्रमणकारी अर्थात् प्राचीनकालका क्रुसेडर्सदेखि अहिलेका औपनिवेशिक शक्ति इजरायल अवश्यम्भावी ढंगले समाप्त हुनेछन् । प्यालेस्टिनी र अरबका मानिसको जतिसुकै रगत बगाए पनि यिनको नियति समाप्तिमै टुंगिनेछ । गाजायुद्ध समाप्तिको सुरुवात हुन सक्छ । जसरी अपर्थाइड दक्षिण अफ्रिकाको नृशंस सर्वोच्चतावादी सत्ता ढल्यो, त्यसरी नै ढिलोचाँडो इजरायली सत्ता पनि ढल्नेछ । 

(बिसारा अल जजिराका वरिष्ठ राजनीतिक विश्लेषक हुन्) अल जजिराबाट
 

ad
ad
ad
ad