Skip This
नक्कली नागरिकता बनाई आफैँ कार्यरत बैंकको पैसा लिएर विदेश भाग्ने तयारी गरिरहेका अधिकृतलाई आठ वर्ष कैद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १५ शुक्रबार o८:o२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नक्कली नागरिकता बनाई आफैँ कार्यरत बैंकको पैसा लिएर विदेश भाग्ने तयारी गरिरहेका अधिकृतलाई आठ वर्ष कैद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार o८:o२:oo

बैंक ठग्ने अधिकृतलाई आठ वर्ष कैद

नक्कली नागरिकता बनाई कृषि विकास बैंकमा जम्मा रहेको रकम लिएर विदेश भाग्ने तयारी गरिरहेका अधिकृतलाई विशेष अदालतले सजाय सुनाएको छ । ५ मंसिरमै कसुर कायम भए पनि दोषीलाई बिहीबार सजाय सुनाइएको हो ।

न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले कृषि विकास बैंकमा शाखा अधिकृत रहेका केदारप्रसाद गौतम र कृष्णहरि थापालाई जनही ८/८ वर्ष कैद सजाय सुनाइएको छ । आठजना प्रतिवादी रहेकामध्ये पाँचजना माथि कसुर कायम भएको छ भने तीनजनालाई विशेषले सफाइ दिएको छ । मुद्दा दायर भएको चार वर्षपछि फैसला भएको हो । 

गौतम कृषि विकास बैंकको स्वयम्भु शाखामा कार्यरत थिए । जहाँ उनले २०७१ असोजदेखि २०७२ असारसम्मको रकम हिनामिना गरेको भेटिएको थियो । गौतमले तेजबहादुर थापा नामले नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाएर बैंकमा विभिन्न आर्थिक गतिविधि गर्ने गरेका थिए । नक्कली राहदानीसमेत बनाएर नेपालबाहिर फरार हुने उद्देश्यले योजनाबद्ध ढंगले गौतमले थापाको परिचय खडा गरेर कार्य गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले देखाएको थियो ।

आठ वर्ष नै कैद सजाय पाएका कृष्णहरि थापाको पनि यसमा मिलेमतो देखिएको थियो । उनले पनि नक्कली नागरिकता बनाएका थिए । राजीव थापा नामले कृष्णहरिले नागरिकता बनाई केदारसँग मिलेर नक्कली बैंक खाता खोल्ने, भारतमा बसी बैंकमा भएको रकम र हिनामिना भएको रकम व्यवस्थापनमा भूमिका खेलेकोजस्ता आरोप अख्तियारले लगाएको थियो । 

यसैगरी, इजलासले सम्झना पोखरेल गौतम, सन्दीप गुप्ता र सूर्यबहादुर लिम्बूलाई जनही १/१ महिना कैद सजाय सुनाएको छ । सम्झना केदारप्रसादकी श्रीमती हुन् । सम्झना आफ्नो नाममा रहेको जग्गाजमिन बेची भारत जाने तयारीमा थिइन् । अनियमित तरिकाबाट प्राप्त रकम लुकाउने दुराशयपूर्ण उद्देश्य राखेको भन्दै उनलाई समेत प्रतिवादी बनाइएकोमा कसुर ठहर भएको हो ।

यसैगरी, गुप्ताले गौतमले निकालेको रकम अन्य खातामा जम्मा गरिदिने र भारत पुर्‍याउन सहयोग गर्ने गरेका थिए । अर्कोतिर लिम्बूले पनि वसन्त राई भनी नक्कली नामले किर्ते नागरिकता बनाएको खुलेको थियो । उनले पनि गुप्तालेझैँ गौतमलाई सहयोग गर्ने गरेका थिए ।

यसै मुद्दामा प्रतिवादी बनाइएका भरतबहादुर बानियाँ, जेनी श्रेष्ठ गौतम र सुमन भुजेलले सफाइ पाएका छन् । बानियाँ स्वयम्भु शाखाका तत्कालीन शाखा प्रबन्धक हुन् भने श्रेष्ठ गौतमकी कान्छी श्रीमती हुन् । भुजेल भने गैरकानुनी तवरले आर्जित सम्पत्तिले जग्गा कारोबारसमेतका कार्यमा संलग्न रहेको अभियोग थियो । बिगो तथा जरिवाना भने तोकिएको छैन ।