१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o५:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कृषिमा आबद्ध महिला धेरै, जमिनको हकमा पुरुषको वर्चस्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o५:५७:oo

एक करोड ३२ लाख ११ हजार ३४८ जना कृषि क्षेत्रमा आबद्ध

नेपालको कृषि क्षेत्रमा महिलाको आबद्धता धेरै भए पनि कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुनेमा पुरुष बाहुल्य देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा १८ वर्षभन्दा माथिका एक करोड ३२ लाख ११ हजार तीन सय ४९ जना कृषि क्षेत्रमा आबद्ध छन् । त्यसमा महिलाको संख्या ६८ लाख ६३ हजार चार सय १२ र पुरुषको संख्या ६३ लाख ४७ हजार नौ सय ३६ रहेको तथ्यांक छ । कृषि क्षेत्रमा महिलाको आबद्धता ५२ प्रतिशत भए पनि कृषि जग्गामा स्वामित्व तथा हक सुरक्षण भने ३४.४ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको छ । त्यसमध्ये पुरुषको स्वामित्व ६५.६ प्रतिशत रहेको छ ।

एकल जमिनको हकधारमा पुरुषको तुलनामा महिला धेरै पछि परेका छन् । जसमा महिलाको नाममा २०.८ प्रतिशतको एकल लालपुर्जा रहेको छ भने पुरुषको ४२.९ प्रतिशत छ । बाँकी संयुक्त वा अन्य विभिन्न नाममा रहेको तथ्यांक कार्यालयका उपप्रमुख डा. हेमराज रेश्मीले बताए । उनले भने, ‘महिला स्वयंले निर्णय गर्न पाउने महिलाको स्वामित्व कति छ भनेर हेर्दा पछि परेको पाइयो, अझै पनि महिला सशक्तीकरण भएको रहेनछ भन्ने बुझियो ।’ 

कार्यालयका अनुसार २७ लाख २३ हजार ६ सय २५ जना पुरुषले जमिनको पूरा हक लिएका छन् भने १४ लाख ३० हजार सात सय १९ जना महिला कानुनी रूपमा हकदार छन् । त्यस्तै, प्रदेशगत रूपमा कृषि जग्गामा स्वामित्व हक सुरक्षित गर्नेमा सबैभन्दा धेरै गण्डकी प्रदेशमा रहेको छ । उक्त प्रदेशमा ३४.६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २९ प्रतिशत रहेको छ । 

लैंगिक विश्लेषणको दृष्टिकोणले कृषक परिवारमा कुल वयस्क पुरुषमध्ये सबैभन्दा बढी ४७.६ प्रतिशत बागमती प्रदेशमा, सबैभन्दा कम ४०.१ प्रतिशत मधेश प्रदेशमा रहेको छ । कार्यालयले गत ६ वैशाखदेखि १९ जेठ ०७८ सम्म ७७ वटै जिल्लामा सातौँ राष्ट्रिय कृषि गणना गरेको थियो । जसमा अन्य तथ्यांक सार्वजनिक भए पनि महिला सशक्तीकरणको अवस्था देखाउने उद्देश्य रहेको रेश्मीको भनाइ छ ।

२०.२८% कृषक महिलाको हातमा एकल अधिकारको लालपुर्जा 

कृषि क्षेत्रमा महिलाको आबद्धता ५२ प्रतिशत भए पनि कृषि जग्गामा स्वामित्व तथा हक सुरक्षण भने ३४.४ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको छ । त्यसमध्ये पुरुषको स्वामित्व ६५.६ प्रतिशत रहेको छ । एकल जमिनको हकधारमा पुरुषको तुलनामा महिला धेरै पछि परेका छन् ।

जसमा महिलाको नाममा २०.८ प्रतिशतको एकल लालपुर्जा रहेको छ भने पुरुषको ४२.९ प्रतिशत छ । लैंगिक विश्लेषणको दृष्टिकोणले कृषक परिवारमा कुल वयस्क पुरुषमध्ये सबैभन्दा बढी ४७.६ प्रतिशत बागमती प्रदेशमा, सबैभन्दा कम ४०.१ प्रतिशत मधेश प्रदेशमा रहेको छ । कार्यालयले गत ६ वैशाखदेखि १९ जेठ ०७८ सम्म ७७ वटै जिल्लामा सातौँ राष्ट्रिय कृषि गणना गरेको थियो ।

तथ्यांक कार्यालयले कृषि जग्गामाथि लैंगिक स्वामित्वको विवरण कृषि गणनाको इतिहासमा पहिलोपटक संकलन गरेको हो ।  यस सूचकबाट कृषि जग्गामा रहेको विद्यमान लैंगिक असमानता मापन गर्न सम्भव भएको कार्यालयले जनाएको छ । महिलाको कृषि जग्गामाथिको पहुँचमा भएको वृद्धिले कृषिको उत्पादकत्वमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने गरेको अध्ययनहरूबाट देखिएको प्रतिवेदनमा उल्लेख छ । 

ad
ad