Skip This
कोप– २८ सम्मेलनका लागि प्रधानमन्त्री प्रचण्ड युएईमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
 युएई प्रस्थान गर्नुअघि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्ड । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १४ बिहीबार o६:१४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोप– २८ सम्मेलनका लागि प्रधानमन्त्री प्रचण्ड युएईमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार o६:१४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप– २८)मा सहभागी हुन बुधबार संयुक्त अरब इमिरेट्स (युएई) गएका छन् । उनी जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा पारेको प्रभावको एजेन्डा लिएर नेपाली प्रतिनिधिमण्डलसहित गएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई शनिबार सम्बोधन गर्ने कार्यक्रम छ । कोप– २८ सम्मेलन बिहीबार युएईको दुबईमा सुरु हुँदै छ । प्रधानमन्त्री प्रचण्ड मंसिर १५ र १६ मा ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’अन्तर्गत ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार भने आबुधाबीमा रहेको नेपाली राजदूतावास भ्रमण गरेर त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । 

युएई भ्रमणका वेला उनी युएईको ५२औँ एकता दिवसमा आयोजित समारोहमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्रीले सम्मेलनमा सहभागी विभिन्न मुलुकका सरकारप्रमुख, राष्ट्रप्रमुख तथा उच्चस्तरीय नेतृत्वसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ । 

नेपालको बेग्लै कार्यक्रम
प्रधानमन्त्री प्रचण्डले जलवायु सम्मेलनकै दौरान उच्चस्तरीय साइड इभेन्ट आयोजना गर्न लागेका छन् । ‘हिमालको आवाज : हामीलाई जलवायु संकटबाट कसले बचाउँछ ?’ शीर्षकको कार्यक्रममा सहभागी हुन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितलाई निमन्त्रणा गरिएको परराष्ट्र स्रोतले जनाएको छ ।

हिमालको एजेन्डालाई कोप सम्मेलनका वेला छलफलको प्रक्रियामा ध्यानाकर्षण गराउन नेपालले यो कार्यक्रम आयोजना गर्न लागेको हो । संयुक्त राष्ट्रसंघीय महासचिव गुटेरेसले हालसालै नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तनले हिमाल तथा हिमाली जनजीवनमा पारेको प्रभावको प्रत्यक्ष अवलोकन गरेपछि नेपालबारे अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान खिचिएको छ । 

परराष्ट्रमन्त्री कतार जाँदै
परराष्ट्रमन्त्री एनपी साउद दोहा फोरममा सहभागी हुन २३ मंसिरमा कतार भ्रमणमा जाने भएका छन् । त्यसक्रममा उनले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि कतार सरकारसँग छलफल गर्ने तयारी गरेको उनको निजी सचिवालयले जनाएको छ । ८ मंसिरमा परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।