
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनीतिक दस्ताबेजको प्रस्तावना पारित गरेको छ। महोत्तरीको जलेश्वरमा बसेकाे नीति तथा विचार कार्यदलको बैठकमार्फत प्रस्तावना पारित गरेको पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन्।
प्रस्तावनामा रास्वपा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी भएको उल्लेख गरिएको छ।
यसैगरी, पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली पनि प्रस्तावनामा समेटिएको छ। पार्टीले नेपालको सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्वलाई आत्मसात् गरेको पनि उल्लेख गरिएको छ।
हेर्नुहोस् प्रस्तावना :