Skip This
भरतपुरमा स्यालले मानिस र पशुचौपायालाई टोक्यो 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भरतपुरमा स्यालले मानिस र पशुचौपायालाई टोक्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:२६:oo

भरतपुर महानगरपालिकामा स्यालआतंक फैलिएको छ । स्यालले मानिस र घरपालुवा पशुचौपायालाई टोक्दा स्थानीय त्रसित भएका छन् । भरतपुर महानगरपालिका- १३, ब्रह्मपुरीमा स्यालले मानिस र पशुचौपायालाई टोकेर घाइते बनाएको छ ।

मंगलबार बिहान ९ बजेतिर स्थानीय जोखबहादुर गुरुङलाई स्यालले टोकेको थियो । स्यालको टोकाइबाट घाइते भएका गुरुङको भरतपुर अस्पतालमा उपचार गरिएको छ ।

यसैगरी, प्रेमनारायण दवाडीको घरमा रहेका तीनवटा गाई र एउटा कुकुरलाई समेत स्यालले टोकेको छ । स्यालले टोकेका पशुचौपायालाई भेटेरेनरी चिकित्सकमार्फत उपचार गरी निगरानीमा राखिएको छ। स्याल गाउँघरमै पसेर मानिस र घरपालुवा चौपायालाई टोक्न थालेपछि स्थानीय डराएका छन् ।
 

ad
ad