Skip This
समाजसेवी सापकोटाको योगदानको स्मरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १३ बुधबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १३ बुधबार o८:१७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

समाजसेवी सापकोटाको योगदानको स्मरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १३ बुधबार o८:१७:oo

समाजसेवी एवं राजनीतिक व्यक्तित्व स्वर्गीय तिलकप्रसाद सापकोटाको प्रथम वार्षिक पुण्यतिथि विविध कार्यक्रम गरी मनाइएको छ । नवलपुरको गैँडाकोट नगरपालिका– ८ मा रहेको उनकोनिवासमा रक्तदान, जीवनीमा आधारित श्रव्यदृश्य सामग्री प्रदर्शन, कवि गोष्ठी, लक्ष्यदीप प्रज्ज्वलनसहितका कार्यक्रम गरी पुण्यतिथि मनाइएको हो । 

कवि गोष्ठीमा साहित्यकार डा. नवराज लम्साल, हिरालाल कँडेल, लक्ष्मीकान्त शर्मालगायतले कविता वाचन गरेका थिए । कवि गोविन्दराज विनोदीद्वारा सापकोटाको देहावसान हुँदा शवयात्रामा लिखित ‘उहाँमा देशको चिन्ता’ नामक कविताको म्युजिक भिडियोसमेत रिलिज गरिएको छ । उनकै निवासमा कांग्रेस गैँडाकोट– ८ वडा समितिले रक्तदान कार्यक्रम गर्‍यो । त्यसक्रममा ३५ जनाले रक्तदान गरेको स्वर्गीय सापकोटाका कान्छा छोरा विजयले जानकारी दिए । सापकोटा कांग्रेस गैँडाकोटका संस्थापक अभिभावक हुन् । ०१७ मा ‘बोल्न पाउनुपर्छ’ भनी तत्कालीन अञ्चालाधीशका अगाडि नारा लगाएपछि १४ महिना जेल परेका उनी ०३६, ०४२ र ०४६ मा प्रजातन्त्रिक आन्दोलनका क्रममा पटकपटक जेल परेका थिए । 

०४६  मा तत्कालीन शासकद्वारा सापकोटाको टाउकोको मूल्य तोकिएको  थियो । बिपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएका उनी कांग्रेसमा ०१५ देखि सक्रिय थिए । उनले नवलपुर– १ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्न पार्टीबाट आफूले पाएको टिकट शशांक कोइरालालाई दिएर निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । देवघाट क्षेत्र विकास समितिका अध्यक्षसमेत रहेर काम गरेका सापकोटा ०३६ मा हालको विजय विकास स्रोत केन्द्रको स्थापनामा प्रमुख उत्प्रेरक थिए । सो संस्थाले अहिले शिक्षा, सूचना सञ्चार र बचत र लघुवित्तको क्षेत्रमा काम गर्दै आएको छ ।