Skip This
काठमाडौं रेजर्स र एफसी चितवनले अंक बाँडे
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १२ मंगलबार
  • Friday, 24 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १२ मंगलबार १९:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

काठमाडौं रेजर्स र एफसी चितवनले अंक बाँडे

नेपाल सुपर लिग २०२३

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १२ मंगलबार १९:५७:oo

नेपाल सुपर लिग (एएसएल)को दोस्रो संस्करणअन्तर्गत आफ्नो दोस्रो खेलमा काठमाडौंं रेजर्स र एफसी चितवनले अंक बाँडेका छन्। जारी लिगमा दोस्रो खेल खेलेका दुवैले १–१ को बराबरी खेलेका हुन्।

दशरथ रंगशालामा साँझ साढे पाँच बजेबाट सुरु भएको खेलमा एफसी चितवनले ८६औँ मिनेटमा गोल गर्दै महत्त्वपूर्ण तीन अंक आर्जन गर्ने सम्भावना बढाएको थियो। 

तर, नवयुग श्रेष्ठले गरेको गोलको खुसी एफसी चितवनले लामो समय मनाउन पाएन। ६ मिनेटपछि नै काठमाडौं रेजर्सका लागि जुनियर एकेनगुएले बराबरी गोल गरे। 

आजको बराबरीपछि काठमाडौं रेजर्सको दुई खेलमा चार अंक भएको छ भने पहिलो खेल गुमाएको एफसी चितवनले अंकको खाता खोलेको छ।