१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o६:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बंगलादेशी कप्तान सकिब संसदीय चुनावमा उठ्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:५८:oo

 बंगलादेशको सिनियर क्रिकेट टोलीका कप्तान सकिब अल हसन संसदीय चुनावमा उठ्ने भएका छन् । उनले सत्तारूढ अवामी लिगको तर्फबाट टिकट पाएका छन् । २७ पुसमा हुने संसदीय निर्वाचनमा उनले आफ्नो गृहजिल्ला मगुरा– १ बाट उम्मेदवारी दिने एजेन्सीले जनाएको छ । बंगलादेशका पूर्वकप्तान मोर्तजाजस्तै सकिव पनि राजनीतिमा लागेका हुन् । मोर्तजा गत चुनावमा नराइल क्षेत्रबाट सांसद बनेका थिए । उनीले यसपटक पनि पार्टीबाट टिकट पाएका छन् ।

सकिब एक्कासी राजनीतिमा आएका हुन् । उनी यसअघि राजनीति यस्ता गतिविधिमा देखिने गरेका थिएनन् । यसै महिना भारतमा भएको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा सकिव श्रीलंकासँग खेल्ने क्रममा घाइते भएका थिए । घाइते भएका सकिवले अभ्यास गरेका छैनन् । बंगलादेशले २८ नोभेम्बरदेखि ३१ डिसेम्बरसम्म न्युजिल्यान्डको भ्रमण गर्नेछ । 

सकिव न्युजिल्यान्ड भ्रमणको टोलीमा रहँदा उनले क्रिकेट वा राजनीतिमध्ये एकलाई रोज्नुपर्ने हुन्छ । न्युजिल्यान्ड भ्रमणको क्रममै उनको चुनाव प्रचार कार्यक्रम रहेको छ । पछिल्लो समयम बंगलादेशी क्रिकेटर राजनीतिमा आकर्षित भएका छन् । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नाजमुल हसन पनि सांसद हुन् । उनी सन् २००९ यता लगातार सांसद 
रहेका छन् ।

ad
ad