मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ११ सोमबार २o:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कानुनमन्त्री गुरुङ दिल्लीमा, भारतीय समकक्षीसँग भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार २o:३७:oo

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भारतीय समकक्षी अर्जुनराम मेघवालसँग भेटवार्ता गरेका छन्। 

नयाँदिल्लीको शास्त्री भवनस्थित भारतको कानुन मन्त्रालयमा भएको भेटमा दुई देशबीच कानुनी र न्यायिक सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ। कानुनमन्त्री गुरुङ भारत भ्रमणमा छन्। 

भारतीय विधि तथा कानुनमन्त्री मेघवालले ट्विटरमा भेटबारे जानकारी दिएका छन्। 

‘नेपालका कानुनमन्त्री धनराज गुरुङजीसँग शास्त्री भवनस्थित विधि एवं न्याय मन्त्रालयमा आज शिष्टाचार भेट भयो। यस अवसरमा दुई देशबीच कानुनी र न्यायिक सहयोगलाई बढावा दिने तथा दुईपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा विस्तृतमा छलफल भयो,’ भारतीय कानुनमन्त्रीले भनेका छन्।