Skip This
प्रेरक प्रसंग : अन्तिम उपदेश
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १० आइतबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १० आइतबार o६:o२:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : अन्तिम उपदेश

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १० आइतबार o६:o२:oo

गुरुकुलको शिक्षा आज पूर्ण हुँदै थियो । आज गुरुकुलका मुख्य गुरुले शिष्यलाई अन्तिम उपदेश दिँदै थिए । यसका लागि सबै प्रार्थना कक्षमा जम्मा भएका थिए । सबै शिष्य उपस्थित भइसकेपछि गुरु कक्षामा प्रवेश गरे । उनको हातमा काठबाट बनेका समान आकारका तीन खेलौना थिए । उनले शिष्यहरूलाई ती खेलौना देखाउँदै भने आज म तपाईंहरूलाई अन्तिम उपदेश दिँदै छु । त्यसअघि तपाईंहरूले यी तीन खेलौनामा भएको अन्तर पत्ता लगाउनुपर्छ । उनले ती तीनवटै खेलौना शिष्यहरूका हातमा राखिदिए । 

शिष्यहरूले बडो ध्यानपूर्वक तिनै खेलौनाको निरीक्षण गरे । उनीहरूले खासै कुनै अन्तर भेट्न सकेनन् । अचानक एक शिष्यले एउटा खेलौना देखाउँदै भने– ए मित्रहरू हो, यता हेर्नुहोस् त, यो खेलौनाको कानमा एउटा प्वाल छ । यत्ति संकेत पाउनासाथ सबैले तीनवटै खेलौनाको अन्तर पत्ता लगाए र भने– गुरुदेव, एउटा खेलौनाको दुवै कानमा प्वाल छ । अर्कोको एक कान र मुखमा प्वाल छ भने अर्कोको चाहिँ मात्र एउटा कानमा प्वाल छ । 

गुरुले गम्भीर हुँदै भने– एकदम सही पत्ता लगाउनुभयो । उनले एउटा धातुको मसिनो तार दिँदै भने– ल, यसलाई कानको एउटा प्वालबाट भित्र घुर्सानुहोस् त ! शिष्यहरूले गुरुको आज्ञाअनुसार तारलाई एउटा कानबाट भित्र घुसाए । पहिलो खेलौनाको एउटा कानबाट छिरेको तार अर्को कानबाट बाहिर निस्कियो । दोस्रो खेलौनाको मुखबाट निस्कियो भने तेस्रोको चाहिँ कानबाट पसेको तार कतै पनि निस्केन । गुरुले पुनः तीनवटै खेलौनालाई हातमा लिँदै भने– मेरा प्रिय शिष्यहरू हो, यी तीन खेलौनाजस्तै नै तपाईंहरूको जीवनमा पनि तीन प्रकारका मानिसहरू आउनेछन् । पहिलो खेलौना देखाउँदै उनले भने– जीवनमा त्यस्ता व्यक्तिसँग आफ्ना समस्या साझा नगर्नुहोस्, जसले तपाईंका कुरा एक कानले सुनेर अर्को कानबाट उडाइदिन्छन् । 

दोस्रो खेलौना देखाउँदै उनले भने– जो तपाईंका कुरा सुन्छन् र अरूसँग गएर त्यसलाई सुनाउँछन्, त्यस्ता व्यक्तिबाट पनि जोगिनुहोला । उनीहरूलाई आफ्ना महत्वपूर्ण कुरा कहिल्यै नबताउनुहोला । त्यसपछि तेस्रो खेलौना देखाउँदै गुरुले भने– यो तेस्रो खेलौना त्यस्ता व्यक्तिको प्रतीक हो, जसमाथि तपाईंहरूले पूरापूर विश्वास गर्न सक्नुहुन्छ । उनीहरूसँगै कुनै पनि प्रकारको विचार विमर्श गर्न सक्नुहुन्छ । यस्ता मानिससित जहिल्यै नजिक रहनुहोला ।