१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लोकतन्त्र रक्षाका लागि प्रमुख दल मिल्नुको विकल्प छैन : भानुभक्त ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:५९:oo

नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि प्रमुख तीन दल मिल्नुको विकल्प नरहेको बताएका छन्।

शनिबार हेटौँडामा पत्रकारहरूसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका ढकालले पछिल्लोपटक उठेको राजतन्त्र पुनर्बहालीको विषय र मुलुकको आवश्यकतालाई ध्यानमा राखी प्रमुख दलहरू संवेदनशील भएर मिल्नुको विकल्प नरहेको बताएका हुन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम नलिई उनले मरिसकेको राजतन्त्रको भूतप्रेत बोकेर हिँडेका व्यक्तिहरूले अहिले एमालेलाई तारो बनाएको भन्दै त्यसको छिटा सबैमा पर्ने प्रस्ट पारे। मंसिर ७ गतेको प्रदर्शन व्यक्तिको आयोजना र एमालेलक्षित मात्रै नभएको ढकालको दाबी छ।

‘मंसिर ७ गतेको घटना कोही एक व्यक्तिको लहड र एमालेलक्षित मात्रै होइन। यदि सरकार र सत्ताधारी दलहरूले यस्तो दृष्टिकोण राख्छन् भने मुलुकमा हुने बर्बादीलाई न त रोक्न, न त सच्याउन नै सकिन्छ,’ उनले भने।

ढकालले आयोजकहरू भूमिगतजस्तै देखिए पनि नजानिँदो तरिकाले राजावादी दलहरूको डिजाइनमा प्रसाईं नाटक मञ्चन भएको दाबी गरे। उनले लोकतान्त्रिक गणतन्त्र र संविधान प्राप्तिको लडाइँमा सँगै भएका दलहरू सत्तामा भएर पनि थाहा नपाएजस्तो गरी मौन बसेको आरोप पनि लगाए।

‘सम्पूर्ण कार्यक्रमको डिजाइन राजावादीहरूबाटै आएको हो। अहिले अदृश्य लागेका शक्तिहरूको नियत पनि अदृश्य नै छ। तर, सत्तामा भएर पनि थाहा नपाएजस्तो गरेर कतिपय यस्ता अराजनीतिक अस्थिरतालाई प्राथमिकता दिने प्रवृत्तिमा सत्ता किन मौन छ भन्ने कुरा चाहिँ हामीलाई अचम्म लागेको छ,’ उनले भने।

केन्द्रीय सदस्य ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत केही चिन्ता गरेजस्तो देखिए पनि उनी नेतृत्व सरकारले गरेको गतिविधिबीच भने तालमेल नमिलेको दाबी गरे। प्रधानमन्त्री लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको विषयमा साँच्चै चिन्तित हो भने हिजो परिवर्तनका लागि लडेका शक्तिहरूलाई एकैठाउँमा ल्याएर मिलाएर लान तयार हुनुपर्ने उनले प्रस्ट पारे।

ad
ad