मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ९ शनिबार
  • Friday, 14 August, 2026
२o८o मङ्सिर ९ शनिबार १o:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

असइको गोली लागेर प्रहरी जवान घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ९ शनिबार १o:५५:oo

महोत्तरीमा असइको गोली लागेर एक जवान घाइते भएका छन्। प्रहरी चौकी हलखोरीका इन्चार्ज असइ रामेश्वरप्रसाद यादवले ३० कात्तिक राति ११:३० मा सुत्नुअघि हतियार clearence गर्ने वेला हतियारको ब्यारेलमा भएको गोली पड्की सोही चौकीबाहिर सेंट्री ड्युटी बसेका प्रहरी जवान राजेशकुमार साह घाइते भएका हुन्।

सो गोली भित्तामा लागेर फर्केर जवानलाई लागेको प्रारम्भिक अनुसन्धानमा बुझिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बताए। उनले यस घटनाबारे थप अनुसन्धान भइरहेको  बताएका छन्। 

घटना कात्तिक ३० गते रातिकै भए पनि असइ यादवले घटना लुकाएका थिए। घाइते जवान उपचारको लागि सप्तरी पुगेपछि प्रहरीले जानकारी पाएको एसपी मल्लले बताए। उनले घाइते जवानको अवस्था सामान्य रहेको र हाल घरमै उपचार भइरहेको छ। असइ यादवको निलम्बनको प्रक्रिया अगाडि बढेको एसपी मल्लले बताएका छन्।