Skip This
प्रेरक प्रसंग : बुद्धको अनौठो व्यवहार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर ८ शुक्रबार o६:o३:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : बुद्धको अनौठो व्यवहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार o६:o३:oo

एकपटक भगवान् बुद्धले एक स्थानमा प्रवचन दिनु थियो । निर्धारित समयमा प्रवचन स्थलमा मानिस भेला भए । लगभग एक सय ५० श्रोता उपस्थित थिए । तोकिएकै समयमा बुद्ध पनि प्रवचन स्थलमा उपस्थित भए । उनले दर्शक– श्रोतातिर ध्यानपूर्वक हेरे र केही नबोली त्यहाँबाट बाहिरिए । दर्शक–श्रोता उनको यस्तो व्यवहार देख्दा छक्क परे । तर, केही पनि बोलेनन् । 

दोस्रो दिन पनि त्यही स्थानमा तिनै दर्शक–श्रोता बुद्धको प्रतीक्षामा थिए । दोस्रो दिन झन्डै सयजनाजति उपस्थित थिए । निर्धारित समयमा बुद्ध प्रवचन स्थलमा पुगे । तर, उनले दोस्रो दिन पनि दर्शक–श्रोतालाई ध्यानपूर्वक हेरे मात्र, केही बोलेनन् । बुद्ध केही नबोली हिँडेपछि दर्शक–श्रोता केही खिन्न भए । केही श्रोता मनमनै आक्रोशित भए पनि प्रत्यक्षतः भने केही बोलेनन् । तेस्रो दिन प्रवचन स्थलमा करिब ६० दर्शक–श्रोता उपस्थित भए । बुद्ध तोकिएकै समयमा आइपुगे । यताउता हेरे र चुपचाप प्रवचन स्थलबाट बाहिरिए । चौथो दिन दर्शक–श्रोताको संख्या थप केही घट्यो । बुद्ध आए, गए । उनी केही पनि बोलेनन् । पाँचौँ दिन दर्शक–श्रोताको स्थानमा जम्मा १४ जना बाँकी रहे । बुद्ध निर्धारित समयमा आए । र, प्रसन्न भएर प्रवचन सुरु गरे । १४ श्रोता बुद्धको प्रवचनसँगै उनका शिष्य बन्न तयार भए । 

ती १४ मध्ये कसैले बुद्धसित प्रश्न पनि गरे— भगवान्, हजुर हिजोअस्ति चार दिनसम्म केही बोल्नुभएन । तर, आज एकाएक बोल्नुभयो । यसको कारण के हो ? उनको प्रश्न सुनेर हल्का मुस्कुराउँदै बुद्धले भने– मलाई भिड होइन, धैर्यपूर्वक काम गर्ने मानिस चाहिएको थियो । यहाँ तिनै व्यक्ति टिकेका छन्, जसमा धैर्य छ । केबल भिड जम्मा गर्दैमा संसारमा कुनै पनि धर्म फैलिँदैन । त्यसलाई बुझ्ने मान्छे चाहिन्छ । भिड जम्मा गरेर तमासा देखाउँदैमा केही हुनेवाला छैन ।