१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अध्ययनले बढाउँछ निद्राको गुणस्तर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१५:oo

धेरैजसो मानिस रातको समय इलेक्ट्रोनिक डिभाइसमा झुम्मिरहेका हुन्छन् । यस्ता डिभाइसले ब्लु लाइट फ्याँक्छन्, जसले राम्रो निद्रा लगाउने ‘मेलाटोनिन’ नामक हर्मोनको उत्पादनमा असर गर्छ ।

पुस्तक पढ्दा तपाईं ब्लु लाइटको असरबाट जोगिनुहुन्छ र निद्रा राम्रो लाग्छ । अध्ययनले मस्तिष्कलाई सक्रिय राख्छ । यसले तपाईंको कल्पना शक्ति र ज्ञान बढाउँछ । स्मरणशक्ति र मस्तिष्कको कार्यक्षमता बढाउँछ । तपाईंंको निद्राको गुणस्तर राम्रो हुन्छ र शरीरले आराम महसुस गर्छ । तपाईंले शान्त महसुस गर्नुहुन्छ र भोलिपल्ट नयाँ सुरुवात गर्न ऊर्जा मिल्छ । 

दिनभरको थकान, चिन्ता र व्यस्ततालाई बिर्सिएर तपाईं पुस्तक वा कथाको पात्रका विषयमा सोच्न थाल्नुहुन्छ । तपाईं फरक दुनियाँमा पुग्नुहुन्छ र फरक संस्कार र फरक दृष्टिले सोच्न थाल्नुहुन्छ । 

ad
ad