१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चित्लाङ भूकम्प : क्षतिको विवरण छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:१८:oo

मकवानपुरको चित्लाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट अहिलेसम्म कुनै पनि क्षतिको विवरण प्राप्त नभएको मकवानपुर प्रहरीले जनाएको छ । बिहीबार राति १ बजेर १९ मिनेटमा मकवानपुरलगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार बिहान साढे ६ बजेसम्म कहीँकतैबाट पनि क्षतिको विवरण आएको छैन । भूकम्पबाट घरहरू भत्किने वा मानवीय क्षति पुगेको खबर नआएको उनले बताए ।

प्रवक्ता भण्डारीले घरहरू भत्किने वा मानवीय क्षति नभएकै कारण खबर नआएको हुन सक्ने बताए । कुनै अप्रिय दुर्घटना भएको भए प्रहरीलाई खबर हुनुपर्ने उनको भनाइ छ। उनले रातको समयमा भूकम्प गएको कारण घरहरू चर्किएको भए पनि उज्यालोमा मात्रै देखिने भएकाले अहिले नै केही भन्न नसकिने बताए ।
 

ad
ad