१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

समाजवादीले बनायो एकता संयोजन समिति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:२६:oo

नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता/ ध्रुवीकरण गर्न संयोजन समिति गठन गरेको छ। 

काठमाडौंमा आज बसेको नेपाल समाजवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी अध्यक्षद्वय डा. बाबुराम भट्टराईको अध्यक्षतामा समिति गठन गरेको हो। 
समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोब, महासचिव रमेशप्रसाद यादव र कार्यकारिणी सदस्य जनकराज शाह छन्। 

पार्टी एकता/ ध्रुवीकरण संयोजन समितिले बृहत् समाजवादी केन्द्र निर्माणका लागि माओवादी केन्द्रलगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ ध्रुवीकरण गर्दै जाने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। 

बैठकले संगठन निर्माण तथा विस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्‍याउने, सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने निर्णय पनि गरेको छ। 

यस्तै, मंसिर–पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने, माघ–फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने तथा आगामी वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ। 

बैठकले १७ कात्तिक ०८० मा जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाई गएको भूकम्पमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। 

यसैगरी, भूकम्पमा परी घाइते भएकाहरूको उपचार, भूकम्पपीडितलाई राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारसँग अनुरोध पनि गरेको छ। 

ad
ad