मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
२०८० मङ्सिर ५ मंगलबार १७:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सौतेनी छोराको कुटपिटबाट सन्तमायाको मृत्यु

Read Time : < 1 मिनेट
२०८० मङ्सिर ५ मंगलबार १७:३२:००

मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट मंगलबार एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका-५ डिल्लीपुरका डिलबहादुर चेपाङकी कान्छी श्रीमती ५० वर्षीय सन्तमाया चेपाङ रहेको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार सन्तमायालाई २७ कात्तिकमा डिलबहादुरकी जेठी श्रीमतीका २६ वर्षीय छोरा इन्द्रबहादुर चेपाङले कुटपिट गरी घाइते बनाएका थिए।

घाइते सन्तमायाको चितवनस्थित सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रवक्ता भण्डारीले जानकारी दिए। कुटपिटमा संलग्न इन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।