१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार २०:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

परराष्ट्रले भन्यो : राष्ट्रपतिको पत्र सही, सार्वजनिक विज्ञप्तिमा मात्रै त्रुटी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार २०:५७:००

राष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोेशियाका राष्ट्रपति जोको विदोदोलाई त्यहाँका सुनामी पीडितप्रति सहानुभूति तथा समवेदना सन्देश पठाएकी छन्। भण्डारीले पठाएको पत्रमा ‘समवेदना सन्देश’ नै उल्लेख छ । त्यससम्बनधमा सार्वजनिक विज्ञप्तिमा मात्रै गल्तीबस बधाई शब्द परेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

परराष्ट्रले साँझ तेस्रोपटक जारी विज्ञप्तिमा माफी मागिएको छ । शुरुमा बधाई दिइएको भन्दै बक्तव्य जारी गरेको परराष्ट्रले सच्याएर अर्को विज्ञप्ति निकालेको थियो । तर बुधबार उक्त विज्ञप्तिबारे व्यापक आलोचना भएपछि साँझ तेस्रोपटक विज्ञप्ति निकालेर माफी मागिएको छ । 

‘ राष्ट्रपतिले अाफ्ना समकक्षीलाई पठाएको सन्देशमा कुनै पनि प्राविधिक त्रुटी छैन, मन्त्रालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भूलबस बधाई शब्द पर्न गएको हो’ परराष्ट्रमन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले नयाँ पत्रिकासँग भने, ‘ पत्रमा होइन, विज्ञप्तिमा प्राविधिक त्रुटी भेटिएकोले शुरुमा सच्याइएको छ र सार्वजनिक माफी मागिएको  छ ।’  नियतबस नभएर अन्जानबस त्रुटी भएको पौड्यालले जानकारी दिए ।