नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बुधबारका लागि बोलाएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
यही मंसिर १४ गतेदेखि एमालेले सामाजिक सदभाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्गकेन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट सुरु गर्दै छ। बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ।