Skip This
हराएका ४० लाखबराबरका सर्वसाधारणका सामान प्रहरीद्वारा हस्तान्तरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ५ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ५ मंगलबार o९:४८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हराएका ४० लाखबराबरका सर्वसाधारणका सामान प्रहरीद्वारा हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ५ मंगलबार o९:४८:oo

साउनदेखि हालसम्म एक सय ३३ जनाले गाडीमा सामान हराएको भन्दै निवेदन दिएका थिए

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारीसाधनमा छुटेका ४० लाखभन्दा बढीका सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । साउनदेखि हालसम्म एक सय ३३ जनाले गाडीमा सामान हराएको भन्दै निवेदन दिएका थिए । 

प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार निवेदनका आधारमा ९९ जनाको धनमाल खोजी गरी सम्बन्धित धनीलाई बुझाइएको छ । आफ्नो धनमालको सुरक्षा गर्न र सवारीसाधनमा सामान छुटेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न तथा नजिकैको प्रहरी कार्यालयमा लिखित निवेदन बुझाउन पनि उनले अनुरोध गरे ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको खोजतलास शाखाले सवारीसाधनमा छुटेको धनमाल प्राप्त निवेदनका आधारमा खोजी गरेर धनीलाई बुझाउँदै आएको छ । पछिल्लोपटक आइताबार मात्रै काठमाडौंको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जानेक्रममा ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । 

जडीबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा.२ज ३४५३ नम्बरको ट्याक्सीमा करिब सात तोलाबराबरको सुन र चार तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी संगीता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेकी थिइन् ।

प्राप्त खबर तथा लिखित निवेदनका आधारमा ट्राफिक प्रहरीले सिसिटिभी क्यामराको सहायतामा खोजी गरिरहेको समयमा ट्याक्सीचालक रोशन बयलकोटी स्वयं सुनका गहना बुझाउन ट्राफिक प्रहरी वृत्त गौशालामा पुगेका थिए ।