मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ५ मंगलबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका कञ्चनपुर
२o८o मङ्सिर ५ मंगलबार o८:४६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आरक्षपीडितको पुनर्स्थापना आयोगबाटै हुन्छ : परराष्ट्रमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८o मङ्सिर ५ मंगलबार o८:४६:oo

परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरका आरक्षपीडितका समस्या अब आयोगबाटै हुने बताएका छन् । सोमबार कृष्णपुरमा आरक्षपीडितसँगको छलफलमा उनले पीडितको समस्या आयोगबाटै समाधान गरिने बताएका हुन् । ‘अहिलेसम्म धेरै आयोग बने, तर अब बन्ने आयोग शक्तिशाली बनाउन सरकार लागिपरेको छ । अब पीडितको पुनर्स्थापना आयोगबाटै हुन्छ,’ उनले भने ।

सरकारले अब पीडितलाई नपर्खाउने बताउँदै मन्त्री साउदले यसपटक न्यायिक आयोग बन्ने बताए । ‘आरक्षपीडितको समस्या अन्तिमका लागि समाधानका लागि सरकारले अधिकारसम्पन्न आयोग बनाएर पठाउँछ,’ उनले भने, ‘विगतको भन्दा यो आयोगले पीडितको माग सम्बोधन गर्छ ।’ विगतका आयोगले गरेका कामलाई समेत आधार बनाएर वास्तविक पीडितलाई पुनर्स्थापना गरिने उनको भनाइ छ । मन्त्री साउदले पीडितको पुनर्स्थापनाका लागि आफूले सबै क्षेत्रमा पहल गर्ने आश्वासन पनि दिए । 

आरक्षपीडित संघर्ष समितिका सचिव प्रेमदत्त भट्टले पीडितको पुनर्स्थापनाका लागि सरकारले विलम्ब गर्न नहुने बताए । आरक्षपीडितका अगुवासमेत रहेका भट्टले पीडितको समस्यालाई आफ्नै समस्या सम्झिएर समाधान गर्न परराष्ट्रमन्त्री साउदको ध्यानाकर्षण गराए । ०५८ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापितहरूको अझै पुनर्स्थापना हुन सकेको छैन । उनीहरू विभिन्न स्थानमा झुपडी बनाएर बस्न बाध्य छन् ।