१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:५९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कात्तिक नाच सुरु : २७ दिन चल्ने नाच यो वर्ष १० दिन मात्रै 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५९:oo

ललितपुरको पाटन मंगलबजारको डबलीमा ऐतिहासिक कात्तिक नाच सुरु भएको छ । हरेक वर्ष मनाइने कात्तिक नाच यस वर्ष शनिबार साँझदेखि सुरु भएको हो ।

फरक–फरक देवीदेवताको नाच प्रदर्शन गरेर मनाइने कात्तिक नाच हेर्न उपत्यकासहित आसपासका जिल्लाबाट सर्वसाधारणको घुइँचो लाग्ने गर्छ । ११ मंसिरसम्म चल्ने नाचका क्रममा झन्डै एक दर्जन नाच प्रदर्शन गरिन्छ । नाचको पहिलो दिन शनिबार साँझ ७ बजेदेखि १० बजेसम्म पाटन डबलीमा बाथःप्याखँअन्तर्गतको माकः सीमियेगु नाटक प्रदर्शन गरिएको छ । १३ जना कलाकारले प्रस्तुत गरेको उक्त नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको हो । 

प्रतापधर शर्मा अध्यक्ष, कात्तिक नाच संरक्षण समिति
यो नाचको विशेषता भनेको हरेक दिन फरक–फरक कथामा आधारित भएर देखाउनु हो । कुनै समय यो नाच २७ दिनसम्म देखाइएको थियो । तर, पछिल्ला वर्षहरूमा आर्थिक अभाव र व्यवस्थापन नपुग्दा १० दिनमै खुम्चिएको छ । 

त्यसो त कात्तिक नाचमा प्रदर्शन गरिने सबै नाटक सिद्धिनरसिंह मल्लकै पालामा सुरु भएका हुन् । तत्कालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ कात्तिक नाच चलाएको किंवदन्ती छ । यो नाच नेपाल संवत् ७६१ मा प्रारम्भ भएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष प्रतापधर शर्माले जानकारी दिए । उनका अनुसार यो नाचको विशेषता भनेको हरेक दिन फरक–फरक कथामा आधारित भएर देखाउनु हो । कुनै समय यो नाच २७ दिनसम्म देखाइएको थियो । तर, पछिल्ला वर्षहरूमा आर्थिक अभाव र व्यवस्थापन नपुग्दा १० दिनमै खुम्चिएको छ । यो वर्ष १० दिन नाच देखाउन नौ लाख लाग्ने अनुमान छ । यदि नाचलाई २७ दिनसम्म देखाउने हो भने ६० लाख लाग्ने अध्यक्ष शर्माको भनाइ छ । उनका अनुसार कात्तिक नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सव पनि हो ।

सयौँ वर्ष पुराना नाचलाई सिलसिलाबद्ध रूपमा प्रस्तुत गरिने भएकाले कात्तिक नाचलाई विशेष पर्वका रूपमा लिने गरिन्छ । ‘विशेष पर्व भए पनि अहिले १० दिनमा खुम्च्याउनुपरेको छ, आर्थिक अभावका कारण यस्तो भएको हो,’ उनले भने, ‘विगतका वर्षमा आठ दिनसम्म पनि मनाइएको थियो, यो वर्ष त्यसलाई बढाएर १० दिन पुर्‍याएका छौँ, सबै नाच सिलसिलाबद्ध प्रस्तुत गर्ने हो भने २७ दिनसम्म नाच देखाउनुपर्छ ।’ 

यस कारण खुम्चियो कात्तिक नाच
अध्यक्ष शर्माका अनुसार २००७ सालको जनक्रान्तिपछि यो नाटकलाई केही दिनमा सीमित गरिएको थियो । २००८ देखि ०३७ सालसम्म दुई दिन मात्रै नाच देखाइएको थियो । तर, स्थानीय र संस्कृतिविद्को विरोधपछि बिस्तारै नाचलाई बढाउँदै लगे पनि सबै नाच देखाउन अझै सकिएको छैन । ‘कात्तिक नाच संरक्षण समिति गठन भए पनि ०३८ देखि ०६९ सम्म प्रत्येक वर्ष आठ दिन नाच प्रदर्शन भएको थियो, पछिल्ला वर्ष यसलाई लम्ब्याउने प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘०७० सालमा दुई दिन वस्त्रहरण र बौद्धलीला थपेर १० दिन र ०७१ देखि ०७६ सम्म १२ दिन सञ्चालन भएको थियो । ०७७ सालमा कोभिड महामारीका कारण दुई दिन मात्रै देखाइयो, यो वर्ष १० दिन देखाइँदै छ । उनका अनुसार २००६ सालसम्म २७ दिन नै नाच देखाउने गरिएको थियो, तर त्यसयता २७ दिन नाच हुन सकेको छैन । तर, २७ दिनसम्म नाच प्रदर्शन गर्न निकै लामो तयारी गर्नुपर्ने र बजेट पनि धेरै लाग्ने भएकाले सम्भव नभएको समितिले जनाएको छ । आर्थिक स्रोत जुट्ने हो भने नाचलाई २७ दिनसम्मै प्रदर्शन गर्न सकिने अध्यक्ष शर्माको भनाइ छ । 

कुन दिन कुन नाच ?
नाचको दोस्रो दिन बाथःप्याखँअन्तर्गतको कौलाखिचा, तेस्रो दिन बाथःप्याखँअन्तर्गतकै महामूर्ख, चौथो दिन युद्धकला, पाँचाैँ दिन देवी प्याखँ, छैटौँ दिन जलशयण, साताँै दिन वराह अवतार, आठौँ दिन नृसिंह अवतार, नवौँ दिन वस्त्रहरण लीला र दसौँ दिन दधिलीला नाच प्रदर्शन गरेर नाच समाप्त हुनेछ । 

ad
ad